मिडिया काउन्सिल मधेस प्रदेशको कार्यक्रममा तीन पत्रकार संगठनको आपत्ति 

मिडिया काउन्सिल मधेस प्रदेशको कार्यक्रममा तीन पत्रकार संगठनको आपत्ति 

वीरगन्ज, ११ चैत्र । मिडिया काउन्सिल मधेस प्रदेशले आयोजना गरेको “सञ्चार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धि सुझाव संकलन कार्यशाला गोष्ठी” मा सबै विचार समूहको प्रतिनिधित्व र सहभागिता नगराएको भन्दै पत्रकार सम्वद्ध तीन संगठनले आपत्ति जनाएको छ ।

मिडिया काउन्सिलले पर्साबाट सञ्चार माध्यमका प्रकाशक/सञ्चालक/सम्पादक र राष्ट्रिय मिडियामा कार्यरत क्रियाशील पत्रकारहरुको सहभागिताको लागि नेपाल पत्रकार  महासंघ पर्सा शाखालाई जिम्मेवारी दिएको भएपनि अधिकांश पत्रकारहरुलाई जानकारी नै नगराई कार्यक्रमको आयोजना गरेको भन्दै विरोध जनाएका हुन् ।

नेपाल प्रेस युनियन पर्सा, प्रेस सेण्टर नेपाल पर्सा, समाजवादी प्रेस संगठन पर्साले संयुक्त विज्ञप्ति जारी गर्दै मिडिया काउन्सिलको कार्यक्रमको विरोध जनाएका छन् । कार्यक्रममा सहभागी गराउन मिडिया काउन्सिलले मिति २०७८/१२/८ गतेको चलानी नं. ०७१/०७८/०७९ को पत्र मार्फत महिला र बरिष्ठ

पत्रकारहरुलाई प्राथामिकता राख्न भनिए पनि महासंघले पठाएको सहभागीहरुको लिष्टमा एकजना मात्रै पत्रकार महिलाको नाम भएपनि कार्यक्रममा अनुपस्थित रहनुले महासंघले पूर्वाग्रह राखेको देखिएको विज्ञप्तिमा जनाएको छ ।

महासंघ पर्सा शाखाको रवैयाप्रति कार्यक्रम आयोजक मिडिया काउन्सिलको पनि ध्यान पुग्न नसकेकोमा तीनवटै संगठनले आपत्ति जनाएको छ । विगतमा पनि नेपाल पत्रकार महासंघ पर्सा शाखाले फरक विचार समूहका पत्रकारहरुलाई पूर्वाग्रहपूर्ण व्यवहार गर्दै आएको र आगामी दिनमा पनि कुनै कार्यक्रम आयोजना गर्दा आयोजकले यसतर्फ ध्यान पु–याउन सबैलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष मनोज पटेलले हस्ताक्षर गर्नुभएको छ ।