निषेधाज्ञामै पकाहमैनपुर गाउँपालिकाको गाउँसभा सम्पन्न

असारे बजेटमा जनप्रतिनिधिको ध्यान, कोभिडबाट नागरिको जीवनरक्षामा मौन 

निषेधाज्ञामै पकाहमैनपुर गाउँपालिकाको गाउँसभा सम्पन्न

वीरगन्ज, ३ जेठ । कोरोना भाईरस संक्रमणको इपीसेण्टर पर्सामा कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ । सरकारले लगाएको निषेधको अवज्ञा गर्दै पर्साको एक स्थानीय तह पकाहामैनपुर गाउँपालिका भने गाउँसभा नै सम्पन्न गरेको छ । सरकारले जारी गरेको निषेधज्ञा लगाएको समयमा भेला, सभा, सम्मेलन गर्न कानूनले बर्जित गरेको छ ।

तर, पकाहमैनपुर गाउँपालिकाले भने सरकारले निषेधको अवज्ञा गरेर गाउँसभा नै सम्पन्न गरेको छ । जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रले निषेधाज्ञा लगाउनु भन्दा अघि नै स्थानीय तहहरुलाई आईशोलेसन र क्वारिन्टिनको व्यावस्थापन गर्न जिल्ला प्रशासन कार्यालयमा नै बोलाएको थियो । तर, अधिकांश स्थानीय तहका प्रमुखहरु अनुस्थित रहने गरेका छन् ।  

कोरोनाको इपीसेण्टर वीरगन्जबाट अहिले संक्रमण ग्रामीणक्षेत्रमा पैmलिन थालेपछि स्थानीय तहहहरु व्यावस्थापनमा लागेका छन् । यो अवस्थामा पनि पकहामैनपुर गाउँपालिकाले भने गाउँसभा गरेर कानूनलाई चुनौती दिएको छ । संक्रमण फैलिने जोखिम भएको समय र निषेधाज्ञामा नै गाउँसभा गरेको भन्दै आलोचना भएको छ । तर, पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसियाको भने कोरोना संक्रमण रोकथामका लागि गर्नुपर्ने व्यावस्थापनमा बजेट खर्च गर्ने निर्णय गर्न गाउँसभा गरेको तर्क छ । गाउँपालिकाका जनताको जीवन रक्षाका लागि नै आपूmले गाउँसभा गरेको बताए ।

निषेधाज्ञाको समयमा कसैलाई पनि सभा, सम्मेलन र भेला गर्ने छुट नरहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँसभा नगर्नुपथ्र्यो गर्नुभएछ । तर, किन गर्नुभयो भनेर सोध्न चाहिँ हामी सोध्छौं ।”