मानव सेवाआश्रम वीरगञ्ज शाखा भवनको शिलान्यास
वीरगन्ज, ११ चैत्र । वीरगञ्ज, ११ चैत । मानवसेवा आश्रमको वीरगन्ज शाखा भवन निर्माणको शिलान्यास गरिएको छ । १८ करोडको लागतमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका लागि मुख्यमन्त्री लालबाबु राउतगद्दी, सांसद प्रदिप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले संयुक्त रुपमा शुक्रबार शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनकालागि रकम छुट्याए पनि खर्च गर्न नपाएको बताउनुभयो । उहाँले आश्रमका लागि ३० लाख रुपैयाँ छुट्याएको जाकारी दिदै जग्गा उपलब्ध नहुँदा भवन निर्माणको लागि बजेट दिन नसकिएको बताउनुभयो । उहाँले मानवसेवा आश्रममा काम गर्नेहरु इश्वरीयण गुण भएका व्यक्तिहरु रहेको भन्दै मानव सेवा संसारकै उत्कृष्ट सेवा रहेको बताउनुभयो ।
सांसद प्रदिपयादवले वीरगञ्जको नारायणी अस्पताल, नारायणी रंगशाला जस्ता संरचना सामुदायिक सहयोगले बनेको बताउँदै उहाँले मानव सेवाआश्रमको भवन बनाउन रकमको अभाव नहुने बताउनुभयो । उहाँले आउने बजेटबाट मानव सेवाआश्रम भवनकालागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महानगर प्रमुख सरावगीले सडकमा अलपत्र बेसाहारा मानवहरुको व्यवस्थापन तीनै तहको दायित्व भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले महानगरलाई दिने १० करोड आश्रमका लागि नै उपलब्ध गराउन मुख्यमन्त्रीसँग आग्रह गर्नुभयो ।
तीनवर्ष भित्रनिर्माण सम्पन्न गर्नेगरि भवन बनाउन लागिएको मानव सेवा आश्रमले जनाएको छ । रेम्ड अर्थ प्रविधिबाट भवन बनाउने तयारी गरिएको छ । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले सञ्चालन गरेको गाथाले भवनको डिजाईन गरेको थियो ।
मानव सेवाआश्रम शाखाकालागि १८ कठ्ठा जमिन दिनुको साथै भवनबनाउन २५ लाख रुपैयाँ बीऊ पूँजीको रुपमा पनि दिएको महानगर प्रमुख सरावगीले बताउनुभयो । आश्रमसँम्म जानको लागि बाटोको व्यवस्था गर्नुको साथै मासिक भाडा ५५ हजार रुपैयाँपनि महानगरपालिकाले नै तिर्दै आएको छ ।
भोजपुरी कला सँस्कृतिझल्कने, वातावरण सुहाउँदो, भूकम्पप्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवनबनाउने ईन्जिनियरहरुले बताएका छन् । १४ कठ्ठाजमिनमा भान्छा घर, तालिमहल, सहयोगापेक्षीलाई राख्नेकोठाहरु, हेरचाहमा खट्नेहरुकालागिआवास र आश्रममाआउने पाहुनाकालागिअतिथि गृह समेत बनाउने उनीहरुले बताएका छन् ।
गर्मीचिसो र जाडोमा न्यानो हुने भएकोले रेम्ड अर्थ प्रविधिबाट भवन बनाउन लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजीअधिकारीले जानकारी दिनुभयो ।
मानव सेवाआश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको जानकारी दिदै मानव सेवाआश्रमले वि.स. २०८० भित्रमा आश्रम शाखाहरुको भवन बनाईसक्ने, वि.स.२०८१ जनचेतना फैलाउने र वि.स. २०८२ बैशाख १ गते औपचारिक रुपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको बताउनुभयो ।
०७४ जेठ १५ गते स्थापनाभएको मानव सेवाआश्रम वीरगञ्जशाखामा ६ जनाबालबालिका सहित ६२ जना आश्रित छन् । सडकमा अलपत्र परेका बेसाहारा सहयोगापेक्षीमानिसलाई आश्रमले गाँस, बास र कपाससँगै औषधिउपचारको व्यवस्था गर्नुको साथै पारिवारिक पूर्नमिलन गराउँदै आएको छ ।