पर्सा सहित मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईदै 

पर्सा सहित मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईदै 

वीरगन्ज, ५ माघ । माघ ३ गते मात्रै नामाकारण गरिएको मधेस प्रदेशमा बुधबार (आज) बलिदानी दिवस मनाईदै छ । प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले आज पनि माघ ५ गते मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको छ ।

मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको निधन भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

प्रदेश सरकारले यसवर्ष सप्तरीको सदरमुकाममा विशेष कार्यक्रम गरी बलीदानी दिवस मनाईरहेको छ । यसैबीच जनता समाजवादी पार्टीले पर्साको पोखरिया नगरपालिका र पकाहामैनपुर गाउँपालिकामा बलीदानी दिवस मनाएको छ ।

पकाहामैनपुर गाउँपालिकामा मदन साह कानुको अध्यक्षतामा र पोखरिया नगरपालिकामा गोवद्र्धन यादवको अध्यक्षतामा बलिदानी दिवस मनाईएको जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले जानकारी दिनुभयो । पोरिखयामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य फिरोज मन्सुर,

विशेष अतिथि मधेस प्रदेश समिति सदस्य वृजमोहन तिवारी, गौरीशंकर साह, जिल्ला अध्यक्ष रामनरेश यादव, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, पकाहमैनपुर गाउँपालिका अध्यक्ष विजय कुमार चौरसिया लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै जसपाको क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष कामेश्वर पडित, समाजवादी युवा संघ प्रदेश २ का सदस्य शिव कुमार साह, समाजवादी मुस्लीम संघका केन्द्रीय सचिवालय सदस्य रउफ अन्सारी, जिल्ला सदस्य मुम्ताज देवान, पोखरिया नगरपालिकाका सचिव शिवनाथ साह, केशव गिरी र मुन्ना साह, महम्मदको लगायतको कार्यक्रममा उपस्थिति रहेको जिल्ला सचिव अहमदले बताउनुभयो ।