मुख्यमन्त्री लालबाबुका प्रत्यासी ओमप्रकाश जनताको घरदैलोमा 

मुख्यमन्त्री लालबाबुका प्रत्यासी ओमप्रकाश जनताको घरदैलोमा 

वीरगञ्ज, ४ कार्तिक । प्रदेशसभा पर्सा क्षेत्र नं.१ को २ का उम्मेदवार ओमप्रकाश सर्राफले मतदाता भेटाघाट कार्यक्रमलाई निरन्तारता दिनुभएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दीका प्रत्यासी प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले शुक्रबार वीरगंज महानगरपालिकाको वडा नम्बर–२ छपकैयामा भेटघाट गर्नुभएको हो ।

भेटघाटको क्रममा मतदातामा आफु प्रतिदेखिको उत्साह र समर्थनले आत्मबल बढाएको सर्राफले वताउनुभयो । लौरो चुनाव चिन्ह रहेको उम्मेदवार सर्राफ  मुख्यमन्त्री राउतले वीरगंजबाट निर्वाचित भएर वीरगंजलाई धोका दिएको र वीरगंजको लागि केही नगरेका कारण आगामी निर्वाचन उनको विकल्पको रुपमा आफूले उम्मेदवारी दिएको सर्राफले बताउनुभयो ।

समाजिक अभियान्ता समेत रहेका उम्मेदवार सर्राफले परिर्वतन र रास्ट्र निर्माणको अभियानमा सहयोग गर्न लौरो छापमा मतदान गर्न आग्रह समेत गर्नुभयो । उम्मेदवार सर्राफको मतदाता भेटघाट कार्यक्रममा वीरगंजदेखि दिल्ली सम्मका पैदल यात्री शैख मुन्ना, जगदीश सरार्फ, संजय पटेल , आकाश चौरसिया, शेख अरसद, सहनवाज लगायतको सहभागि रहेको थियो ।