कालिकामाई गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको कमिटि गठन 

कालिकामाई गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको कमिटि गठन 

वीरगन्ज, २१ फागुन । नेकपा माओवादी केन्द्रको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीमा वडा कमिटि गठन गरिएको छ । शनिबार भएको भेलाले नारायाण शर्माको अध्यक्षता २९ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा राजेश प्रसाद चौरसिया, सचिव नरेश प्रसाद यादव, सहसचिवमा जुनैद आलम, कोषाध्यक्ष मुक्ति कुश्वाहा, सदस्यहरु सन्तोष पासवान, रामजी साह कानु, रिजवान आलम लगायत २९ जना रहेका छन् ।

निर्वाचन क्षेत्र नं.  ४ को प्रदेशसभा ‘ख’ का संयोजक संतोष पटेलले बोल्दै माओवादीलाई गाली गर्नेहरु संघीयता, दलित, मुस्लिम, आदिवासी जनजाति तथा समावेशी विरोधी भएको बताउनुभयो ।

माओवादीको आन्दोलनकै जगमा देशमा परिवर्तन भई संघीयता आएपनि अझैपनि जमिन्दार र सामन्तीहरुको जस्तै शासन गर्ने प्रवृत्ति कायम रहेको बताउदै उहाँले गरिब र बिपन्न तथा पिछडिएका वर्गहरुको पनि नेताहरुको उत्थान हुनुपर्ने बताउनुभयो ।

उहाँले श्रीमती,  छोरा,  नातेदार, आफन्त मात्र चुनाव लडने हो भने आम नागरिकले कहिले सहभागि हुन पाउने भनेर प्रश्न गर्नुभयो । देशमा सबैवर्ग र समुदायको हक अधिकार माओवादीले गर्दा नै आएको भन्दै आउने चुनावमा निश्चपक्ष भोट दिन अनुरोध समेत गर्नु भयो ।

कालिकामाई गाउँपालिकका सचिव  ईशकुमार पासवानले मधेसमा अझैपनि सामान्ती र उच्चकुलिन वर्गहरुको मात्रै बोलवाला भएको भन्दै माओवादीले युद्ध गरेर राजनीतिक परिवर्तन नल्याएको भए अझै मधेसमा अहिलेको जति पनि विकास नहुने बताउनुभयो ।

माओवादीकै सरकारले कृषि विकास बैंकको ऋण मिनाहा गरेर हजारौं मधेसका किसानहरुलाई राहत भएको र त्यसमा पनि अधिकांश जमिन्दारहरुले नै मौकाको फाईदा उठाएको बताउनुभयाृ  कार्यक्रममा  विशिष्ट अतिथि दिनेश यादव जयकुमार लगायतको सहभागिता रहेको थियो ।