मधेस प्रदेशमा आदिवासी आयोग गठन गर्न माग 

मधेस प्रदेशमा आदिवासी आयोग गठन गर्न माग 

वीरगन्ज, २४ जेठ । नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशले प्रदेशमा आदिवासी आयोग गठन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

मधेस प्रदेश सबै जातजाति, भाषा–भाषी, धर्म संस्कृति, वर्ग, वर्ण लिङग समुदायको साझा प्रदेश भएपनि अहिलेसम्म मधेस प्रदेसमा बसोवास गर्ने १३ प्रतिशत अर्थात ११ लाख जनसंख्या रहेको आदिवासी जनजातिको लागि मधेस प्रदेश सरकारले आयोग गठनमा ध्यान नदिएको भन्दै आयोग गठन गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष मनोज सिंह दनुवारले विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरुलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको छ । मधेस प्रदेशसभाको पहिलो कार्यकालमा दलित आयोग, मुस्लिम आयोग लगायतका विभिन्न आयोगहरु गठन भईसकेको भएपनि अहिलेसम्म आदिवासी जनजाति समुदायको लागि आयोग गठन नगरेको भन्दै आयोग गठनका लागि प्रदेशसभामा बहस र पैरवी र पहल गर्न माग गर्नुभएको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरुलाई भेटेर ध्यानकार्षण गराएको नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशका अध्यक्ष मनोजसिंह दनुवारले बताउनुभयो ।