खानेपानी तथा उर्जा विकास मन्त्री कलवारलाई गृह जिल्लामा स्वागत
वीरगन्ज, २८ माघ । मधेस प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री सिंहासन साह कलवारलाई आज गृह जिल्लामा स्वागत गरिएको छ । जनता समाजवादी पार्टी पर्साले मन्त्री साह कलवारलाई स्वागत गरेको हो ।
मन्त्री कलवारले आज दिउँसो वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फ निर्माण गरिएको शहिद पार्कमा रहेको शहिदको शालिकमा माल्यार्पण पनि गर्नुभएको छ । मन्त्रीमा नियुक्त भएपछि पर्सामा आउनुभएका जसपा पर्साले स्वागत गरेपछि मन्त्री कलवारले घण्टाघर स्थित शहिदहरुको शालिकमा माल्यार्पण गर्नु भएको थियो ।
कार्यक्रममा जसपाका प्रदेश सदस्य महाराजा यादव, वृजमोहन तिवारी, जिल्ला अध्यक्ष राम नरेश यादव, सचिव तवरेज अहमद नगर अध्यक्ष इश्वर यादव लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । घण्टाघरको कार्यक्रमपछि मन्त्री कलवार पोखरियाको बसन्तपुरमा हुने कार्यक्रममा सहभागी हुनुभएको छ ।