कोरोना संक्रमितको संख्या घट्दै, आज ८२ जना मात्रै संक्रमण पुष्टि 

कोरोना संक्रमितको संख्या घट्दै, आज ८२ जना मात्रै संक्रमण पुष्टि 

वीरगन्ज, २९ बैशाख । वीरगन्जमा स्थानीय प्रशानले निषेधाज्ञा लगाएको आज १४ दिन भएको छ । १४ दिनपछि बल्ल कोरोना संक्रमितको संख्या केही घटेको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गएरातिको पीसीआर परीक्षण रिपोर्टमा कोरोना संक्रमितको संख्या घटेर केही सुधार भएको हो । मंगलबार राति आएको रिपोर्ट अनुसार पर्सामा १९२ जनाको पीसीआर परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

\८२ जना मध्य पर्साका जिल्लाका ५४ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । ५७ जनाको पीसीआर र २५ जनाको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्य १५ जना बाराका, ८ जना सर्लाहीका, ४ जना रौतहट र १ जना मकवानपुरका रहेका छन् । १२ बर्षदेखि ८० बर्ष उमेर समूहका ५२ जना पुरुष र ३० जना महिला रहेको डाक्टर दासले बताउनुभयो ।

अस्तीराति गरिएको परीक्षणमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको  छ  । पर्साबाट संकलन गरिएको २ सय ८८ स्वाब , नारायणी अस्पतालको प्रयोगशालामा अस्तीराति परीक्षण गर्दा , पर्साका ११० जना सहित १५० जनामा संक्रमण पुष्टि भएको थियो ।