वीरगन्जका नगर प्रमुख सरावगीद्वारा लक्ष्मणुवा पोखरीको स्थलगत अनुगमन निरीक्षण 

वीरगन्जका नगर प्रमुख सरावगीद्वारा लक्ष्मणुवा पोखरीको स्थलगत अनुगमन निरीक्षण 

ट्रिब्यून न्युज
वीरगन्ज, ५ बैशाख । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरको वडा नम्बर १५ लक्ष्मणुमा मा निर्माणाधिन पोखरी सौन्दर्यकरणको अनुगमन गर्नुभएको छ । प्रदेश २ सरकारको बजेटबाट निर्माण भइरहेको लक्ष्मणुवा पोखरीको सौन्दर्यकरणको कामको आज स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा स्थानीयबासीहरुको गुनासो सुनेर आवश्यक पहल गर्ने आश्वासन समेत दिनुभएको छ । विकास निर्माण जुनसुकै सरकारले गरेको भएपनि त्यसको निगरानीमा स्थानीयको समेत महत्वपूर्ण भूमिका रहने भएकोले कुनैपनि निर्माणमा कमसल र ढीलासुस्ती हुन नहुने नगर प्रमुख सरावगीले बताउनुभयो ।

उहाँले प्रदेश सरकारले महानगरका विभिन्न पोखरीहरुमा सौन्दर्यकरणको काम गरिरहेको बताउदै बजेट समयमा नै खर्च गरेर गुणस्तरीय काम गर्न सबैको साथ र सहयोग रहने बताउनुभयो । अनुगमनका क्रममा जसपाका नेता पुरुषोत्तम झा, वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र कुर्मी, सञ्चारकर्मी धु्रव साह लगायत स्थानीयको उपस्थिति रहेको थियो ।