रामबहादुर थापा ‘बादल’ ले दुवै पद गुमायो 

रामबहादुर थापा ‘बादल’ ले दुवै पद गुमायो 
फाइल फोटो

ट्रिक्यून न्युज
वीरगन्ज, ५ बैशाख । गोलाप्रथाबाट राष्ट्रियसभामा ६ बर्षका लागि चुनिएका राम बहादुर थापाको सांसद पद खारेज भएको छ । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो। सांसद पद खारेज भएपछि गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । 

नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको थियो । गत चैत २७ गते नै माओवादीले  थापालाई कारबाही गरिएको  जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।

सांसद पद खारेज भएपछि मन्त्री पद पनि स्वत खारेज हुने प्रावधान रहेको छ । उनलाई प्रधानमन्त्री केपी ओलीले पुनः मन्त्रीमा नियुक्त गरे उनी ६ महिनासम्म मन्त्रीमा रहन सक्नेछन् । तर, बादललाई पदमुक्त गरेर प्रत्यक्ष निर्वाचनबाट निर्वाचित नवराज सिलवाललाई गृहमन्त्रीमा नियुक्त गर्ने चर्चा यसअघि नै चलेको छ । बादललाई बाग्मती प्रदेशको इन्चार्ज बनाईएपछि उनलाई पार्टी संगठनमा सक्रिय बनाउन मन्त्री पदबाट हटाउने सोचनमा प्रधानमन्त्री ओली रहनुभएको हल्ला बजारमा चलेको थियो ।