देशभर ३ हजार भाईल रेम्डिसिभिर वितरण, नारायणी अस्पतालमा अझै आईपुगेन
वीरगन्ज, २२ बैशाख । सबैप्रकारको कोरोना भाईरस कोभिड–१९ को बिरामीका लागि प्रयोग गरिने ३ हजार भाईल रेम्डिसिभिर औषधि देशभर वितरण भएको छ । बंगलादेशको बेक्जिमको फार्मास्युटिकल्स लिमिटेडमा उत्पादित बेमिसिभिर इन्जेक्सन नेपाली आयातकर्ता हाम्रो मेडि कन्सर्न प्रालि काठमाडौंले आयात गरी देशभर वितरण शुरु गरेको भएपनि वीरगन्जको नारायणी अस्पतालमा भने अझै आईपुगेको छैन ।
वीरगन्जको नारायणी अस्पतालको लागि ५४ भाईल रेम्डिसिभिर भागमा परेपनि अहिलेसम्म अस्पतालमा नआईपुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सञ्जय ठाकुरले बताउनुभयो । औषधिको बारेमा औषधि विभागको महानिर्देशकसँग सम्पर्क गर्दा आयातकर्तासँग सम्पर्क गर्न भनेको र आयातकर्तासँग सम्पर्क गर्दा सहज जवाफ नआएको डाक्टर ठाकुरले बताउनुभयो ।
आयातकर्ताले फोन नउठाउने र उठाएपनि राम्रोसँग जवाफ नै नदिने गरेको डाक्टर ठाकुरले गुनासो गर्नुभयो । औषधि व्यावस्था विभागका अनुसार आयात गरिएको ३ हजार भाईल औषधि मध्य २ सय भाईल औषधि भने सिधा बिरामीहरुलाई वितरण गरिएको र बाँकी मध्य २ हजार चारसय ९ भाईल नारायणी अस्पताल सहित देशभरका कोभिड अस्पतालहरुमा वितरण उल्लेख गरेको छ ।
रेम्डिसिभिर औषधि वितरणको सूची :