समाजवादी प्रेस संगठनको अध्यक्षमा पुनः पटेल चयन
वीरगन्ज, १८ साउन । नेकपा एकीकृत समाजवादी निकट समाजबादी प्रेस संगठन नेपाल पर्साको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन मनोज पटेल चयन गरेको छ ।
वीरगन्जमा बुधबार सम्पन्न समाजवादी प्रेस संगठन पर्साको प्रथम अधिबेशनले पटेलको अध्यक्षतामा शम्भु कुमार सुमन र प्रकृति अधिकारी उपाध्यक्ष, सचिवमा अजय चौरसिया, सह – सचिवमा बिनोद पटेल र कोषाध्यक्षमा हरि शंकर शर्मा रहने गरी सर्वसम्मत चयन गरेको हो । पटेल यसअघि पनि संयोजक रहनुभएको थियो ।
अधिवेशनको उदघाटन नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले गर्नुभएको थियो । एकबर्ष अघि गठन भएको समावादी प्रेस संगठनको प्रथम महाधिवेशनको तयारीमा रहेको संगठनले धामाधम जिल्ला अधिवेशन सम्पन्न गर्दै छ ।
लगत्तै प्रदेश अधिवेशन सम्पन्न गरेर महाधिवेशनको तयारीमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो ।