पर्साका दुईवटा ठेकेदार कम्पनी कालोसूचीमा

पर्साका दुईवटा ठेकेदार कम्पनी कालोसूचीमा

वीरगन्ज, २१ मंसिर । पर्साका दुईवटा ठेकेदार कम्पनी कालोसूचीमा पर्ने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पर्साको जानकी टोलमा रहेको मुस्कान सप्लायर्स र वीरगंजका दिल्ली ट्रेडिङलाई कालोसूचीमा राख्ने भएको हो ।

यी दुई कम्पनी सँगै देशभरका ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । पर्साको जानकी टोला पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार,

हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा/कविर/सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरेलाई ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले बुधबार सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ ।

यसैगरी बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल, जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ ।

लिखित स्पष्टीकरण पेश गर्नू भनेर लेखी पठाउँदा समेत हालसम्म स्पष्टीकरण पेश नगरेकाले उनीहरु सहितको सूचना प्रकाशन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।