वीरगन्ज १८ का वडा अध्यक्ष प्रत्यासी यादव सहितका नेता नेकपा माओवादीमा प्रवेश
वीरगञ्ज, ८ असोज । वीरगन्ज महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्षका प्रत्यासी युवा नेता नरेश यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । रेका छन् । स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नं.१८ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका यृुवा नेता यादव नेकपा (माओवादी) मा प्रवेश गर्नुभएको हो ।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा युवा नेता सहितका नेताहरुलाई शनिबार पार्टीमा स्वागत गरिएको थियो । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबिर र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नरेशले स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका नरेशले ५०० मत ल्याएर दोस्रो स्थान हाँसिल गर्नु भएको थियो ।
उहाँले प्राप्त गरेको कूल मत मध्य ३९५ सदर गरी षड्यन्त्रमूलक ढंगबाट १०५ बदर गरी जसपाका उम्मेदवारलाई निर्वाचित घोषणा गरेको थियो । उहाँ पहिले जनता समाजवादी पार्टीमा सक्रिय रहनुभएको थियो । निर्वाचनको अघिल्लो दिनसम्म जसपाबाट टिकट पाउने अपेक्षा गरिएपनि अन्तिम समयमा आएर उहाँलाई जसपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।
स्वतन्त्र बसेर राजनीतिमा केही सफलता प्राप्त गर्न नसक्ने भएपछि नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गर्नुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राज्य निर्माणमा माओवादीको विचार र सिद्धान्त मनपरेपछि माओवादी केन्द्रमा प्रवेश गरेको उहाँले बताउनुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव कुनै बेला माओवादीको विचारबाट नै आएको तर, पछिल्ला दिनहरुमा मधेसी नेताहरु आफ्नो स्वार्थमा मात्रै केन्द्रीत भएकोले आफूले जसपा छोड्नु परेको यादवले बताउनुभयो ।
जसपाले युवाहरुलाई प्रयोग मात्रै गर्ने गरेको र अवसर आउने बेलामा भने आफ्ना आसेपासे र नजिकका व्यक्तिहरुलाई मात्रै अवसर दिने गरकोले जसपा परित्याग गरेर स्वतन्त्र रुपमा लडेर आफ्नो हैसियत स्थापित गरेको युवा नेता यादवले बताउनुभयो । उहाँले पहिले राष्ट्रसेवकको रुपमा काम गर्दाखेरी देशभरीकै राजनीतिक अवस्थाको बारेमा जान्ने अवसर प्राप्त गरेको र सबैदृष्टिकोणबाट देशमा परिवर्तन ल्याउने पार्टी माओवादी नै भएकोले आफूले पार्टी प्रवेश गरेको बताउनुभयो ।
प्रचण्ड निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेताहरु मातृका यादव, उर्मिला अर्याल, रहवर अंसारी, टेकबहादुर शाक्य, बिरेन्द्र यादव, सलाउदिन अहमद, कृष्णमोहन यादव लगायतको उपस्थिति रहेको थियो ।