वीरगन्ज भन्सारको लक्ष्य पूरा
वीरगन्ज । मुलुकको राजस्व संकलनमा मुख्य भूमिका रहेको मुख्य नाका वीरगन्ज भन्सार कार्यालय (एकीकृत जाँच चौकी) आईसीपीले लक्ष्य पूरा गरेको छ । मुख्य औद्योगिक करिडोर तथा आयात निर्यातको मुख्य नाका रहेको वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक बर्ष ०७८/०७९ मा २ खर्ब ४१ अर्ब २० करोड ३५ लाख नौ हजार राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयलाई गत आर्थिक बर्ष ०७८÷०७९ मा भन्सार विभागले २ अर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार राजस्व संकलन गर्न लक्ष्य दिएको थियो ।
वीरगन्ज भन्सार कार्यालय भन्सार विभागले दिएको लक्ष्य भन्दा १ अर्ब नौ करोड ५३ लाख २२ हजार बढी राजस्व संकलन गरेको छ । यो लक्ष्यको १००.५ प्रतिशत हो । वीरगन्ज भन्सार कार्यालयले प्रतिदिन औसत राजस्व संकलन ५४ करोड ३९ लाख २२ हजार रुपैंया लक्ष्य लिएकोमा औसत प्रतिदिन ४७ करोड ९१ लाख ८७ हजार रुपैंया राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
असार महिनाको मात्रै राजस्व संकलनको १७ अर्ब ४० करोड ५५ लाख १८ हजारको लक्ष्य रहेकोमा भन्सार कार्यालय १५ अर्ब ३३ करोड ३९ लाख ८७ हजार रुपैंया राजस्व असुली गरेको छ । असार महिनाको मात्रै भन्सार राजस्व असुली औसतको आधारमा ८८.१ प्रतिशत उपलब्धि भएको प्रमुख पौडेलले बताए । गत आर्थिक बर्षकोे असार महिनामा मुख्य राजस्व संकलन योगदान दिने वस्तुहरुमा सबैभन्दा बढी पेट्रोलको रहेको छ । त्यसपछि भटमासको कच्चा तेल रहेको छ । भने तेश्रो नम्बरमा खाना पकाउने एलपी ग्यास रहेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिए अनुसार चौथो नम्बरमा दन्तमन्जनबाट राजस्व संकलन भएको छ ।
त्यस्तै १९ औं नम्बरमा नरिवन समेत परेको छ । भने विसौं नम्बरमा फुड सप्ल्मिेण्टको योगदान रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । वीरगन्ज भन्सार कार्यालयले अघिल्लो आर्थिक बर्षको सोही अवधिमा लक्ष्यको ९९.६ प्रतिशत अर्थात १ खर्ब, ७० अर्ब, ५ करोड ४७ लाख ९३ हजार राजस्व संकलन गरेको थियो । त्यस्तै आर्थिक बर्ष २०७७÷०७७ मा ६६.९ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।