लालटीनको साहाराले जनतालाई उज्यालो दिनेछु : विरेन्द्र यादव
वीरगन्ज । पर्सा क्षेत्र नम्बर ४ को (क) का स्वतन्त्र उम्मेदवार विरेन्द्र प्रसाद यादवले देशको उज्यालो भविष्यको लागि आफू लालटीन लिएर मतदाताको माझमा जाने बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र प्रदेशसभाको उम्मेदवारका दाबेदार रहनुभएका यादव बाम लोकतान्त्रिक गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । मधेस आन्दोलनबाट स्थापित नेता यादव स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको थियो ।
निर्वाचन आयोगले उहाँलाई बुधबार लालटीन निर्वाचन चिन्ह उपलब्ध गराएको छ । निर्वाचन चिन्ह पाएपछि उहाँले भन्नुभयो, “क्षेत्र नम्बर ४ को (क) का मतदाताले अब उज्यालो पाउने निश्चित छ । म लालटीन लिएर जनताको बीचमा आएको छु । जनजिविका राम्रो बुझेको छु । त्यही लालटीनको साहाराले अब देशको भविष्य पनि उज्यालो बनाउन जनताले सहयोग गर्नेछ ।”