जसपाका चारमन्त्रीलाई प्रधानमन्त्रीले गरे बर्खास्त
वीरगन्ज । प्रधानमन्त्री शेर बहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गर्नुभएको छ । सत्तागठबन्धनमा रहेको जसपा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधामन्त्री शेर बहादुर देउवाले मन्त्रीबाट बर्खास्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नुभएको थियो ।
देउवाको सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले बर्खास्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव पदमुक्त भएका छन् ।
रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने भएको छ ।