रोट्रयाक्ट क्लबद्वारा चोर्नीमा शैक्षिक सामग्री वितरण

रोट्रयाक्ट क्लबद्वारा चोर्नीमा शैक्षिक सामग्री वितरण

वीरगञ्ज, २७ भदौ । रोट्रयाक्ट क्लब अफ वीरगन्जले वीरगन्जको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । रोट्र्याक्ट क्लब अफ वीरगन्ज र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र एवम् सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीको सँयुक्त सहकार्यमा आईतबार शैक्षिक सामाग्री वितरण गरिएको हो ।

 वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ चोर्नीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्या बाल विकास केन्द्रमा अध्ययनरत १ सय जनालाई शैक्षिक सामाग्री वितरण गरिएको क्लबका सहसचिव  रोट्रयाक्ट सन्नी सर्राफले जानकारी दिनुभयो । शिशु कक्षामा अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई कपी, कलमसहितको झोला प्रदान गरिएको उहाँले बताउनुभयो ।

रोट्रयाक्ट क्लब अफ वीरगञ्जका अध्यक्ष रोमित सिंहको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले मन लगाएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि रोट्रयाक्ट नेपालका केन्द्रीय उपाध्यक्ष सृष्टि त्रीपाठी, डा.साश्वत प्रसाद, पूर्व अध्यक्ष रोटरी नेपाल लिटरेसी मिसनका अध्यक्ष आयुष गुप्ताले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीले साईबर क्राइम, लैंगिक हिंसा, बाल दुर्व्यवहार, लागूऔषध एवम् सडक सुरक्षाका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मनोज कुमार यादव ,प्रशान्त सर्राफ, विवेक पटेल लगायतको उपस्थितिरहेको थियो ।