मदिरा भनेर पिसाब खुवाएपछिको परिणाम.........? पेट चिरेर रक्सीको बोतल निकाल्नुपर्‍यो 

मदिरा भनेर पिसाब खुवाएपछिको परिणाम.........?  पेट चिरेर रक्सीको बोतल निकाल्नुपर्‍यो 

वीरगन्ज, २३ फागुन । मदिराको मातले गरिने क्रियाकलापले कहिलेकाही सुन्दा अचम्म लाग्ने तर निकै गम्भीर बनाउने घटना पनि घटाउने गर्छ । रौतहटको चन्द्रपुरमा यस्तै घटना घटेको छ । मदिराको मातले रक्सी भनेर साथीहरुलाई पिसाब खुवाएपछि एकजनाले पेट चिरेर रक्सीकै बोतल निकाल्नु परेको छ ।

पेटभित्र पनि रक्सीको सिंगै बोतल कसरी पस्न सक्ला रु सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ। रौतहटको चन्द्रपुर नगरपालिका–१० बस्ने २६ वर्षीय नुर्साद मन्सुरीको पेटबाट ८८४८ ब्राण्डको रक्सीको सिंगो बोतल नै शल्यक्रिया गरेर निकाल्नु परेको छ ।

घटना अनुसार आइतबार बिहान नुर्सादको पेट दुखेपछि उनका बुवाले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाएका थिए। तर, नुर्सादको पेट दुख्न कम नभएपछि सोमबार बिहान चन्द्रपुरमै रहेको चन्द्रपुर अस्पतालमा भर्ना गरिएको थियो।

भर्ना गरिएपछि डाक्टरले एक्सरे गर्दा पेटभित्र सिंगो रक्सीको बोतल नै देखेपछि थप उपचारका लागि भरतपुर अस्पतालमा लगिएको थियो। त्यहाँ डाक्टरहरूले अप्रेसन गरेर नुर्सादको पेटबाट ८८४८ ब्राण्डको रक्सीको सिंगो बोतल निकालेका छन्। उनको पेटमा सिंगो बोतल कसरी पस्यो रु भन्ने अर्को प्रश्नले कौतुहल्ता जाग्नु स्वभाविक हो । सुन्दापनि आङ्ग सिरिङ्ग हुने घटना छ ।

केही दिनअघि नुर्साद चन्द्रपुर–१० बाल्चनपुरमै रहेको साथी मोहम्द समीरको ग्यारेजमा उनीसँगै बसेर रक्सी पिएका थिए। रक्सी पिउने क्रममा मदिराको नशाले लठ्ठिएपछि नुर्सादले रक्सीको बोतलमा पिसाब हालेर साथी समीरलाई खुवाएका थिए ।

मदिरा भनेर पिसाब पियाएको थाहा पाएपछि रिसमा समिरले गत शनिबार नुर्सादलाई बोलाई नशालु पदार्थ खुवाएर उनको मलद्वारभित्रबाट रक्सीको बोतल छिराइदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको रौतहट प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयो ।

घटनाको विषयमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। नुर्सादका साथीहरू भने फरार भएको तथा घटनाको सम्बन्धमा नुर्सादको पेटबाट ८८४८ ब्राण्डको क्वार्टर बोतल निकालिएको डिएसपी यादवले पुष्टि गर्नुभएको छ । थप अनुसन्धान जारी रहेकाले अहिले नै विस्तृत जानकारी दिन नसकिने बताउनुभयो।

नुर्सादका साथीहरू भने फरार भएको तथा उनको अवस्था अचेत भएकाले अनुसन्धानमा केही ढिलाइ भइरहेको यादवले जानकारी दिनुभयो । नुर्सादलाई भरतपुर स्थित एलएस भरतपुर अस्पतालमा भर्ना गरी उपचार भईरहेको छ । उनी अचेत अवस्थामा रहेकोले घटनाको थप अनुसन्धानमा ढिलाई भएको  प्रहरी नायव उपरीक्षक यादवले बताउनुभयो ।