नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको प्रथम विस्तारित बैठक सम्पन्न, चारवटै निर्वाचन क्षेत्रको जिम्मेवारी तोकियो
वीरगन्ज, १ मंसिर । नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति पर्साको पहिलो विस्तारित बैठक मंगलबार सम्पन्न भएको छ । पार्टीको जिल्ला कमिटि खारेज गरेर समन्वय समिति बनाएपछि पहिलो बैठक मंगलबार बसेको हो ।
पार्टीका पर्सा संयोजक रामदरश कुश्वाहको अध्यक्षता एवं प्रदेश कमिटि अध्यक्ष प्रल्हाद बुढाथोकी र सचिव श्रवण बर्बरियाको विशेष उपस्थितिमा भएको बैठकले पर्साको चारवटै संसदीय निर्वाचन क्षेत्र र ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेको छ ।
बैठकको निर्णय अनुसार पर्सा क्षेत्र नम्बर १ को इञ्चार्जमा सलाम अंसारी, संयोजक सुशील सिंह ठकुरी, सचिव गजाधर पटेल, क्षेत्र १ को (क) को इञ्चार्ज उमेश पटेल, संयोजक कमल बहादुर पिठाकोठे मगर, सचिव पारस यादव (ख) को इंचार्ज गोबिन्द साह, संयोजक सगीर आलम मियाँ तेली र सचिव राम नारायण साहलाई तोकिएको छ ।
त्यस्तै क्षेत्र न.२ को इंचार्ज मोहम्मद सलीम, संयोजक रामाकान्त चौधरी पटेल, सचिव दुर्गा क्षेत्री, निर्वाचन क्षेत्र २ को (क) मा इञ्चार्ज बालकृष्ण श्रेष्ठ, संयोजक अच्छेलाल ठाकुर, सचिव बृज किशोर साह, क्षेत्र नम्बर २ को (ख) मा इञ्चार्ज प्रभाकर गुप्ता, संयोजक छोटेलाल कुर्मी, सचिव रबिन्द्र महतोलाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र ३ को इञ्चार्ज छोटेलाल यादव, क्षेत्र नम्बर ३ को (क) को इंचार्ज बालेस्वर थारू, (ख) इञ्चार्ज राम बाबू बैठालाई जिम्मेवारी दिईएको छ । क्षेत्र नम्बर ३ मा संयोजक र सचिव भने तोकिएको छैन । त्यस्तै क्षेत्र नं.४ को इञ्चार्ज जालिम मियाँ, संयोजक संतोष महतो र सचिव संजीव चौधरीलाई तोकेको छ ।
क्षेत्र ४ को (क) मा इञ्चार्ज पी.एल. श्रेष्ठ संयोजक संतोष घिमिरे, सचिव नीमा लामा, (ख) को इन्चार्ज शेख चांद तारालाई दिईएको छ । पालिकाहरुमा ठोरी गाउँपालिकामा पुरानै कमिटीलाई मान्यता दिने निर्णय गरेको छ ।
जीराभवानी गाउँपालिकाको संयोजकमा जयनारायण चौधरी, सचिव रामाकान्त चौधरी, जगरनाथपुर गाउँपालिकाको संयोजक मजहर मियाँ, सचिव ज्याहुल हक, सखुवाप्रसौनीमा संयोजक लाल बिहारी राम, सचिव मुकेश साह तेली, कालिकामाईमा संयोजक जय कुमार पासवान र सचिवमा इश्क कुमार, धोबिनीमा संयोजक सुब्बा राम, सचिव सुगदेव गिरीलाई चयन गरिएको छ ।
त्यसैगरी छिपहरमाईमा संयोजक मुक्ति नारायण साह, सचिव मोतीलाल यादव, बहुदरमाई नगरपालिकामा संयोजक शिव संकर यादव, सचिव बिजय गुप्ता, पटेर्वासुगौली गाउँपालिकाको संयोजक रामजनम ओझइया, सचिव लालबाबु गौरो, पोखरिया नगरपालिकामा संयोजक पन्नालाल पटेल र सचिव सोवालाल ठाकुर तोकिएका छन् ।
फ्र्याक्सन इञ्चार्जमा प्रकाश पौडेल (आदित्य) ले जिम्मेवारी पाएका छन् । बैठकमा पर्सा इन्चार्ज विजय महतो, महानगर अध्यक्ष रहबर अन्सारी, प्रदेश कमिटि सदस्य एवं सघीय संसद शेष चाँदतारा, प्रदेश कमिटि सदस्य बालेश्वर थारु, तत्कालिन जनसरकार प्रमुख रामआश्रय राम,
लगायत तत्कालिन जिल्ला कमिटि सदस्यहरु, पत्रकार संगठन प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटे मगर, विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष कबिराज पटेल लगायतको उपस्थिति रहेको थियो ।