अखिल क्रान्तिकारीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

अखिल क्रान्तिकारीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

वीरगन्ज, १२ साउन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी पर्साले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । कोरोना महामारीको संक्रमणबाट सबैक्षेत्र प्रभावित भएको अवस्थामा अहिले निषेधाज्ञा नहटेको र शिक्षा क्षेत्रमा देखिएको अन्योलताले बालबालिकाको भविष्य नै बिग्रिने चिन्तामा अभिभावकहरु रहेको अवस्थामा

केही विद्यालयहरुले आपूmखुशी नियमको अवज्ञा र स्वास्थ्य सुरक्षाको मापदण्ड समेत पालना नगरेको पाईएको ले यसको अनुगमन र निगरानी गर्नुपर्ने माग गर्दै क्रान्तिकारीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरुले शिक्षालाई व्यापारीकरण गर्ने शैक्षिक माफियाहरुले मात्रै पठनपाठनहरु संचालन गरेकोले पहुँच नभएका विद्यार्थीहरु पढ्नबाट बञ्चित भईरहेको भन्दै सबैको लागि समान नियम कानून लागू गर्ने वातावरण बनाएर समस्या समाधान गर्न माग गरेका छन् ।
अहिलेको समस्यालाई तत्काल निकास नखोजिए अखिल क्रान्तिकारीले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

अखिल क्रान्तिकारीका जिल्ला संयोजक कविर पटेलको नेतृत्वमा ज्ञापत्र पत्र बुझाउन गएको टोलीमा संगठनका महानगर संयोजक विवेक कुमार साह, जिल्ला सदस्य रामबाबु मण्डल, प्रविण यादव लगायतको उपस्थिति रहेको थियो ।