प्रेस सेण्टर नेपाल पर्साको बैठक विभिन्न निर्णय गरेर सम्पन्न 

प्रेस सेण्टर नेपाल पर्साको बैठक विभिन्न निर्णय गरेर सम्पन्न 

वीरगन्ज, ७ जेठ । नेकपा माओवादी निकट पत्रकार संगठन प्रेस सेण्टर नेपाल पर्साको बैठकले विभिन्न निर्णय गरेको छ । मधुशाला रेष्टुरेण्टमा आईतबार बसेको बैठकले पहिलो साधारणसभाको समिक्षा पनि गरेको छ ।

बैठकमा कोषाध्यक्ष विदुर गौतमले प्रस्तुत गर्नुभएको साधारणसभामा भएको खर्च र आयव्यय विवरण सर्वसम्मतीले अनुमोदन गरेको छ । त्यस्तै पर्साका सेण्टरका सदस्यहरुलाई भईपरी आउने समस्याका लागि आकस्मिक कोष स्थापना गर्ने, यहि जेठ १३ र १४ गते काठमाडौंको शंकरापुर नगरपालिकामा हुन गईरहेको केन्द्रीय साधारणसभा तथा राष्ट्रिय मिडिया सम्मेलनमा पर्साबाट सशक्त सहभागिता जनाउने निर्णय गरेको छ ।

त्यस्तै सेण्टरका केन्द्रीय अनुशासन समितिका सदस्य बरिष्ठ पत्रकार गम्भीरा सहनीको स्वास्थ्य लाभको कामना समेत गरेको छ । बैठकले संगठनमा सदस्यता संख्या बढाउने लगायतको निर्णय पनि गरेको सेण्टरका सचिव शिवनाथ यादवले जानकारी दिनुभयो ।

प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा, केन्द्रीय सचिव एवं रसस वीरगन्ज कार्यालयका प्रमुख राजु विश्वकर्मा, केन्द्रीय सदस्य नीरज पिठाकोटे, जगत राई, प्रदेश सदस्य अशोक श्रीवास्तव लगायत जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।