‘निटको’ कम्पनीको अधिकारिक शो रुम वीरगन्जमा खुल्यो
वीरगंज २१ साउन । घर तथा भवनहरुलाई आकर्षक बनाउने टाईल्स तथा मार्वलहरुको आधिकारिक शो रुम वीरगन्जमा खुलेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर खुलेको पर्सा मार्वल एण्ड टाइल्स प्रा.ली. ले खोलेको निट्कोे कम्पनीका टायल्स र मार्बलको शो रुमको प्रदेश २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकास शर्माले बुधबार उद्घाटन गर्नुभएको छ ।
उदघाटनपछि बोल्दै मन्त्री शर्माले कोरोना महामारीले उद्योग व्यवसाय संकटमा रहेको अवस्थामा बैंकको ब्याज र कर्मचारीहरुको पारिश्रमिक भुक्तानी गर्नुपर्दा व्यवसायमा घाटा व्यहोर्नुपरेपनि नयाँ व्यसायको शुरुवात हुन सकारात्मक भएको बताउनुभयो । वीरगञ्जमा निर्माण भैइ रहेका घर तथा होटल र भवनहरुमा गुणस्तरीय टायल्स र मार्बलका लागि अब भारत, काठमान्डौं लगायतका स्थानमा जानु पर्ने बाध्यताको अन्त्य भएको नेपाली कांग्रेसका नेता तथा व्यावसायी मोहम्मद सहाबुद्दिनले बताउनुभयो ।
उहाँले बजारमा विभिन्न थरीका टायल्स र मार्बलहरु भएपनि निटको कम्पनीको उत्पादनमा भारत तथा विश्वमा आफनो छुटै पहिचान रहेको बताउनुभयो । पर्सा मार्वल एण्ड टाइल्स प्रा.लि.का प्रतिनिधि शौरभ चौरसियाले भारतको पाँच उत्कृष्ट कम्पनीहरु भित्र पर्ने निट्को टाइलको फ्रेन्चाईज शो रुम प्रदेश नं २ मै पहिलो भएको बताउनुभयो । शो रुमबाट घर निर्माणमा लाग्ने सम्पूर्ण समाग्री जस्तै मार्वल, ग्रेनाइट, टाइल्स, सेनेटरी आइटम, छड, सिमेन्ट लगायतका वस्तुहरुको उपलब्धता हुने बताउनुभयो ।
कम्पनीको नेपालका सिनियर रिजनल म्यानेजर उत्तम रिमालका अनुसार निटको टायल्स एण्ड मार्बल्सले वीरगंज बजारमा नयाँ पहिचान बनाउने पनि विश्वास व्यक्त गर्नुभयो । विश्वमा टायल्स एण्ड मार्बल्सको बजारमा निट्कोे कम्पनी विश्वस्तरीय रहनुका साथै इन्टेरियर डिजाइनर तथा आरकिटेक्टसहरुको पहिलो रोजाई परेको बताउनुभयो । मोहम्मद सहावुद्दीनको अध्यक्षतामा भएको उघाटन कार्यक्रममा वीरगंज महानगरपालिकी उपमेयर शान्ति कार्की लगायतको उपस्थिति रहेको थियो ।