भारतीय सवारीमा लगाईएको रोकले सीमा क्षेत्रको होटल व्यवसाय संकटमा
वीरगन्ज, १ असोज । कोरोना संक्रमण महामारीमा बन्द गरिएको सीमा नाकामा भारतीय सवारी साधानहरुलाई रोक लगाउन नेपालको होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ ।
कोरोना महामारीमा सबैभन्दा बढी पभावित भएको होटल तथा पर्यटन क्षेत्र अझैपनि लयमा फर्किन सकेको छैन । ६० देखि ७० पतिशत भारतीय पर्यटकहरुमा निर्भर रहेको सीमाक्षेत्रका होटल तथा पर्यटन व्यावसायीहरु दुईपटको कोरोना लहरमा गरिएको सीमा बन्दको मारमा परेका छन् ।
कोरोना संक्रमण कम हुदै सामान्य अवस्था भएर सबैक्षेत्र खुला भएपनि पर्यटनको मुख्य आधार भारतीय पर्यटकहरु आउने सीमा नाकामा भारतीय सवारी साधन आवतजावतको पतिबन्ध अझै नहटदा वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरु मात्रै होईन देशका पमुख पर्यटनको राजधानी मानिएको पोखरा, सौराह लगायतका स्थानका होटल तथा पर्यटन व्यवसायले पनि गति लिन नसकेको क्षेत्रीय होटल संघ सौराहका पूर्व अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।
सरकारले सीमा नाकालाई सहज नबनाइ दिएका कारण व्यवसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् । कोरोनाको जोखिमको बाहाना बनाएर सीमा नाका खुला नगर्दा कोरोनाको पहिलो लहरमा झण्डै ५० करोड गुमाएका सीमा क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले दोश्रो लहरमा करिब १ अर्ब नोक्सानी बेहोर्नु परेको अनुमान रहेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष बुद्धि बहादुर पन्त (हरि) ले बताउनुभयो ।
२० अर्बको लगानी रहेको वीरगन्जको होटल क्षेत्रमा कोरोनाको पहिलो र दोश्रो लहरमा अर्बौ क्षति व्यहोर्नु पर्दा अहिले बैंकको किस्ता, घरभाडा र बिद्युत महशुल तथा कर्मचारीहरुलाई मासिक तलब समेत दिन नसक्ने अवस्थामा पुगेको उनले बताए । होटल बन्द भएपछि हजारौले रोजगारी पनि गुमाउनु परेको छ ।
सीमापारी रक्सोलबाट वीरगन्जमा काम गर्न आउने तथा नेपालबाट रक्सोल जानेलाई छुट हुँदा कोरोनाको जोखिम नहुने तर स्वास्थ्य मापदण्ड अपनाएर भारतीय सवारी साधन लिएर आउने पर्यटकहरुलाई भने रोक लगाउनुको कुनै वैज्ञानिक आधारहरु नरहेको होटल तथा पर्यटन व्यवसायीहरुको तर्क छ ।
सीमा नाका खुला गर्नुपर्ने स्थानीय राजनीतिक दलहरुको धारणा छ । तर, उनीहरुकै उपस्थितिमा हुने कोभिड संकट व्यावस्थापन केन्दमा यस विषयमा छलफल भएपनि मन्त्री परिषदको निर्णय भएकोले त्यहिबाट यसको समस्या समाधान हुनुपर्ने जिल्ला कोभिड संकट व्यावस्थापन केन्दको बुझाई छ ।
कुनैबेला हट स्पट बनेको पर्सामा अहिले कोरोनाका संक्रमितहरु लगभग शुन्यको अवस्थामा रहेको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार पर्सामा सकृय संक्रमितको संख्या १३ जना मात्रै रहेको छ । लामो समयसम्म बन्द रहेको होटल तथा पर्यटन व्यावसायलाई लयमा ल्याउनका लागि भारतीय पर्यटकहरुको भर पर्नुपरेकोले पनि सीमा नाकामा भारतीय सवारी साधन खोल्नुपर्ने दबाव छ ।
यसका लागि सरोकारवाला पक्षहरुले दबाव दिँदा समेत सुनुवाई नभएपछि यहाँको वास्तविक अवस्थाको बारेमा जानकारी गराउन र सीमा नाका खोल्न माग गर्दै पधानमन्त्रीलाई नै भेटन जाने तयारीमा यहाँका होटल तथा पर्यटन व्यवसायीहरु रहेको युवा होटल व्यवसायी दिलिपराज कार्कीले बताउनुभयो ।
सीमा नाका सहज नहुँदा वीरगन्जका होटल तथा पर्यटन व्यावसायीहरुले आफ्नो पेशाबाट नै पलायन हुनुपर्ने हो की भन्ने चिन्ता गर्न थालेको होटल तथा पर्यटन व्यवसायी संघका केन्दीय सदस्य तथा पर्साका बरिष्ठ उपाध्यक्ष रचिन्द थापाले बताउनुभयो ।