भोजमाण्डु अनलाईनको सेवा वीरगञ्जबाट पनि सुरु 

भोजमाण्डु अनलाईनको सेवा वीरगञ्जबाट पनि सुरु 

वीरगन्ज, २९ असोज । अनलाईन डेलिभरी सेवा भोजमाण्डुको वीरगन्जमा शाखा संचालनमा आएको छ । मैतीदेवीमा मुख्य कार्यालय रहेको भोजमाण्डुको वीरगन्जको रानीघाट नजिकै कृषि औजार अनुसन्धान केन्द्र छेउमा शाखा कार्यालय संचालनमा आएको हो ।

शाखा कार्यालयको नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष एवं युवा नेता रहबर अन्सारीले उदघाटन गर्नुभएको हो । भोजमाण्डु डेलिभरी सेवाको उदघाटन गर्दै युवा नेता रहबर अन्सारीले रोजगार नपाएर विदेश पलायन हुन लागेका युवाहरुको लागि अनलाईन डेलिभरी सेवा अवसर भएको बताउनुभयो ।

उहाँले नविन सोचका साथ युवाहरु व्यावसायमा अगाडि आए मात्रै देशमा आर्थिक विकास हुने र रोजगारी सृजना हुने बताउनुभयो । पछिल्लो समयमा सूचना प्रविधिको विकाससँगै अनलाईन डेलिभरीमा उपभोत्ताको संख्या बढ्न थालेपछि अनलाईन डेलिभरी सेवाको व्यावसायमा युवाहरुको आकर्षण बढ्न थालेको छ ।

आजदेखि संचालनमा आएको भोजमाण्डुले वीरगन्जको जुनसुकै स्थानमा आधा घण्टादेखि ४५ मिनेटसम्ममा सबै प्रकारको तयारी खानाका परिकार तथा उपभौग्य वस्तुहरुको डेलिभरी सेवा दिईने संचालक सुनिल यादवले जानकारी दिनुभयो ।