ओजन तह संरक्षणमा नागरिकको चासो किन ? 

ओजन तह संरक्षणमा नागरिकको चासो किन ? 

वीरगन्ज, ३१ भदौ ।  हानिकारक तत्वहरूमा क्लोरोफ्लोरो कार्वन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानिकारक किरणहरूलाई पृथ्वीमा सोझै छिर्नबाट रोक्छ ।

मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगिकरण अनि ज्यादा रसायनको प्रयोगले ओजोन तहहरू च्यातिँदै जाँदा अनि विनाश निम्तिदैछ । यसरी विनाश भएको ओजोन तह जति चाहे पनि मानिसले आफैँ बनाउन सक्दैनन् । मानव अनि सभ्यताको सुरक्षाका लागि ओजोन सम्र्वधन अत्यन्त जरुरी छ ।

ट्राफिक जाममा गतिहीन इन्जिनहरूको धुँवा अनि त्यसको तापबाट गाडीको पेन्ट अनि एयर कन्डिसनबाट क्लोरोफ्लोरो कार्वन उत्पन्न हुन्छ । ओजोन तहको बचावटका लागि भरपर्दो सार्वजनिक यातायातका साधनहरूको उपलव्धता अनि इन्धनको कम खपत हुने साधनहरू जस्तै साइकल अनि पैदलयात्राको प्रर्वधन जरुरी छ ।

त्यस्तै हामीले शरीरमा हाल्ने अत्तर अर्थात् ‘बडी स्प्रे’ अनि फ्याक्ट्रीमा प्रयोग हुने गन्ध आउने अत्तर अनि सुगन्धात्मक पदार्थहरूलाई ओजोन तह विनाशको प्रार्थमिक कारण मानिन्छ । यस्ता पदार्थलाई ‘स्प्रे एरोसोल’ भनिन्छ, जुन पचासौँ वर्षदेखि उद्योगमा प्रयोग हुँदै आएको छ । यस्ता ‘स्प्रे’मा ‘क्लोरोफ्लोरो कार्वन’ हुन्छ ।

जसले ओजोन तहमा पुगेर परावैजनी तहसँग मिलेर ओजोनलाई विनाश गर्दै क्लोरिनका रूपमा परिवर्तन हुन्छ । यस्ता क्लोरिनका एउटा अणुले हजारौँ ओजोनका अणुहरूलाई विनाश गरिदिन्छ ।

ओजोनको विनाशसँगै घाममा हानिकारक किरणहरू आउने, क्यान्सर लगायत अन्य रोगहरूको वृद्धि हुने, जमिन जलचर अनि थलचरको जीवनमा नकारात्मक असर गर्ने अनि समग्रमा मानव अस्तित्व नै संकटमा पर्ने खतरा छ ।

पृथ्वीको अन्य क्षेत्रमा २० प्रतिशतले ओजोन तह विनाश भएको तथ्याङ्क भएपनि अन्टार्कटिकामाथि भने चीसो मौसम अनि क्लोरिनको बाक्लोपनाका कारणले ८० प्रतिशत बढी ओजोन तह विनाश भइसकेको छ । यस ठाउँलाई सन् १९८० देखि नै ओजोन दुलो भन्ने गरिन्छ । यसले हाम्रो मानव जीवन अत्यन्त जोखिममा छ ।

तरपनि हामी मानव अझै विकासको नाममा विनाश गरिरहेका छौं । वन विनास, खोलानाला, नदि अतिक्रमण, पहाड भत्काउने जस्ता क्रियाकलापमा संलग्न भएका छौं । बढ्दो घनावस्तीले जथाभावी फोहोर गर्ने लगायतका अमानवीय कार्यमा हाम्रो सहभागिता रहेको छ ।

वातावरणलाई नकारात्मक प्रभाव पार्ने खालको क्रियाकलापले नै अहिले अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, खडेरी, डढेलो, बाढी, पहिरो, महामारी जस्ता प्रकोपहरुको सामना गर्न परिरहेको छ । व्यक्ति आफै सचेत हुने र समाजलाई पनि सचेत गराउने हो भने मात्रै हाम्रो जीवन स्वास्थ्य र स्वच्छ रहनसक्छ । होईन भने अब तपाँई हामी आफैले गरेको विकासबाट विनाश भोग्नुपर्ने अवस्था आएको छ । 

Files