कानूनको सम्मान गर्न सिक्नुपर्छ : प्रहरी उपरीक्षक पाण्डे 

कानूनको सम्मान गर्न सिक्नुपर्छ : प्रहरी उपरीक्षक पाण्डे 

वीरगन्ज, १७ असोज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले कानूनको सम्मान गर्न सके मात्रै राज्यमा शान्ति सुरक्षा कायम हुने बताउनु भएको छ ।

वीरगन्ज कलेजका कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि आयोजित स्वागत तथा पर्सनल डायनामिक प्रशिक्षण कार्यक्रमको दोश्रो दिन आईतबार बोल्दै प्रहरी उपरीक्षक पाण्डेले विद्यालयको अनुशासनमा बसेका विद्यार्थीहरुले कानूनको पनि पालना गर्न सिक्नुपर्ने बताउनुभयो ।

कानूनको सम्मान नहुँदा समाजमा अराजकता फैलिने भन्दै समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि कानूनको सम्मान गर्न सिक्नुपर्ने बताउनुभयो । नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर नीरज सिंहले अध्ययनमा डिग्री लिएर मात्रै नहुने बताउदै व्यवहारिक ज्ञान पनि जान्नु पर्ने बताउनुभयो ।

वीरगन्ज कलेज संचालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, अभिभावक संघ पर्साका अध्यक्ष अमर बहादुर गौतम,

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे, कलेजका प्रेस सल्लाहाकार मनोज पटेल, सानीमा बैंकका शाखा प्रबन्धक दिपेशसिंह ठकुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत कलेज प्रमुख विनोद गुप्ताले गर्नुभएको थियो ।

यसैबीच कार्यक्रममा अर्थशास्त्रमा पिएचडी गर्नुभएका डाक्टर अशोकराज ठाकुर र कोरोना महामारीमा महत्वपूर्ण योगदान गर्नुभएका डाक्टर नीरज सिंहलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको सहजीकरण कलेजका कोअर्डिनेटर प्रेम प्रसाद जयसवालले गर्नुभएको थियो ।