वीरगन्ज पब्लिक कलेजका विद्यार्थीहरु दिक्षान्त समारोहमा दिक्षित
वीरगन्ज, ६ जेठ । वीरगन्ज पब्लिक कलेजमा विभिन्न तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोहको आयोजना गरेको छ । कलेजमा अध्ययन पूरा विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले प्रतिज्ञा गराएर दिक्षित गर्नुभएको थियो ।
कलेजको कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, मध्यपश्चिम विश्व विद्यालयका पूर्व उपकूलपति उपेन्द्र कोईराला, पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी,
पूर्व अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कलेजका प्रमुख विनय श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले गर्नुभएको थियो ।