अतिरिक्त क्रियाकलापमा पनि गौतम स्कुलका विद्यार्थी अब्बल 

राष्ट्रिय स्तरको अन्तर विद्यालय बुद्धिचाल प्रतियोगितामा दोश्रो र संयुक्त राष्ट्र संघ सभाको नमूना अभ्यासमा कोशा मुन वेष्ट डेलिगेशनको उपाधि गौतम स्कुललाई

अतिरिक्त क्रियाकलापमा पनि गौतम स्कुलका विद्यार्थी अब्बल 

वीरगन्ज, १२ पुष । विद्यालय शिक्षामा चर्चित वीरगन्जको गौतम माध्यामिक विद्यालयका विद्यार्थी अतिरिक्त क्रियाकलापमा पनि उत्तीकै अब्बल रहेका छन् । वीरगन्जमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको अन्तर विद्यालय बुद्धिचाल प्रतियोगितामा गौतम माध्यामिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले दोश्रो पुरस्कार जित्नु भएको छ ।

त्यस्तै १० बर्ष मुनीको राष्ट्रिय स्तरको अन्तर विद्यालय बुद्धिचाल प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत आयुष सर्राफ द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै १६ बर्षमुनीको प्रतियोगितामा कक्षा १० का अनिश प्रधान पर्सा जिल्लाभरमा दोश्रो स्थानमा र राष्ट्रिय स्तरमा छैठौं नम्बरमा रहन सफल हुनुभएको छ ।

देशभरबाट १४० जनाले सहभागिता जनाएको बुद्धिचाल प्रतियोगितामा दोश्रो स्थान विजेता विद्यार्थी अनिश र आयुषले प्रतिव्यक्ति एक हजार र ट्रफी प्राप्त गरेका छन् । त्यस्तै ज्ञानदा एकेडेमीमा आयोजित संयुक्त राष्ट्र संघीय सभाको नमूना अभ्यास कोसा मुन सर्वश्रेष्ठ प्रतिनिधिमण्डल (बेष्ट डेलिगेट्स) सहित चारवटा विषयको पुरस्कार जित्न सफल भएको छ ।

पुष ९, १० र ११ गते ज्ञानदा एकेडेमीमा सम्पन्न सभाको अभ्यासमा गौतम स्कुलले कोसा एमयुएन वेष्ट स्कुल पुरस्कार जितेको हो । त्यस्तै उत्कृष्ट प्रतिनिधि पुरस्कार शिवम सिंह राजपुत, आदित्य चौधरी र पियुश कुमारको समूह, सर्वश्रेष्ठ प्रतिनिधि पुरस्कार विजेता अनुरब रिजाल, गौरव साह, आयुष अग्रवाल, इर्फान अली भएका छन् ।

बेस्ट पोजिसन पेपर्स अवार्ड विपासा रौनियार, प्रितम यादव र नियाश्ना श्रेष्ठको समूहले जितेका छन् । विशेष उल्लेख पुरस्कार मनिष यादव र रेहन एकबालले जितेको गौतम माविका प्रशासन प्रमुख रमेश कुमार शर्माले जानकारी दिनुभयो ।