मनकामना माविको बार्षिकोत्सवमा पुरस्कार वितरण
वीरगन्ज, ५ फागुन । वीरगन्जको भगवती टोलमा रहेको मनकामाना माध्यामिक विद्यालयको २४ औं बार्षिकोत्सवको अवसरमा विद्यालयमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालमा आयोजना गरिएको विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका र बाहिर प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
विद्यालयका प्रिन्सिपल पुरन प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इन्चार्ज नीरज पिठाकोटे मगरले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरणका क्रममा विद्यालयको बार्षिकोस्वको शुभकामना दिदै उहाँले मनकामना माध्यामिक विद्यालय वीरगन्जको शैक्षिक क्षेत्रमा उत्कृष्ट शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा स्थापित भएको बताउनुभयो ।
उहाँले आगामी दिनमा पाठ्यक्रमको अध्ययनमा मात्रै नभई अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालयले थप प्रगति गरोस भन्ने कामना गर्नुभयो । कार्यक्रममा अतिथिहरु प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य जगत राई, सञ्चारकर्मीहरु संतोष रञ्जितकार, नेहाल खान र जाकिर हुसैन लगायतले विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल सुनिल यादवले गर्नुभएको थियो ।