प्रेस सेण्टरको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत, पर्साबाट तीनजना केन्द्रीय सदस्य निर्वाचित 

प्रेस सेण्टरको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत, पर्साबाट तीनजना केन्द्रीय सदस्य निर्वाचित 

वीरगन्ज, २० मंसिर । नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । हिजो चितवनमा सम्पन्न सेन्टरको चौथो महाधिवेशनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अन्य पदाधिकारीहरु भने केन्द्रीय समितिको बैठकले चयन गर्ने छ । चौथो महाधिवेशनले पारित गरेको विधान अनुसार पहिले केन्द्रीय समिति चयन गर्ने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यावस्था रहेकोले पदाधिकारीहरु भने केन्द्रीय समितिले चयन गर्ने भएको हो ।

नवनिर्वाचित अध्यक्ष सापकोटा माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहाकार रहनु भएका उहाँ उनी प्रेस सेन्टरको निर्वतमान महासचिव पनि हुनुहुन्थ्यो । महाधिवेशनको बन्दसत्रबाट १ सय ९१ केन्द्रीय सदस्य मध्य १८४ जनाको नाम समेत घोषणा भएको छ ।

प्रेस सेन्टरको केन्द्रीय समिति १ सय ९९ जनाको हुनेछ । मनोनित गरिने ८ जना बाँकी केन्द्रीय सदस्य पछि मनोनयन गरिनेछ । अध्यक्ष बाहेक अन्य पदाधिकारीमा दावेदार धेरै छन् । अरु पदाधिकारी केन्द्रीय कमिटीको बैठकबाट टुंग्याउने गरि महाधिवेशन सकिएको हो । पदाधिकारीमा दावेदार धेरै भएकोले महाधिवेशनको निर्धारित समय सकिएकोले पदाधिकारीको अन्तिम टुगो केन्द्रीय कमिटीको बैठकले लगाउने गरि सहमती बनेको  प्रेस सेन्टर नेपालका नवनिर्वाचित केन्द्रीय सदस्य गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

प्रदेश २ को पर्सा जिल्लाबाट केन्द्रीय सदस्यमा गोविन्द देवकोटा, कृष्णउदास खनाल, निरज पिठाकोटे मगर, बाराबाट महेश्वर अधिकारी, रौतहटबाट मनोज साह, सर्लाहीबाट जनार्दन पोख्रेल, महोतरीबाट सुनिता बराल, निकेश खनाल, धनुषाबाट शैलेन्द्र क्रान्ति, ज्योती झा अनिल मिश्र, सिराहबाट मणीलाल बिश्वकर्मा, हिरालाल चौधरी, सप्तरीबाट राजु बिश्वकर्मा र माला कर्ण लगायत सर्वसम्मत रुपमा चयन भएका छन ।

प्रदेश २ बाट सर्वसम्मत चयन भएका मध्य गोविन्द देवकोटाको पदाधिकारीमा दावेदारी रहेको छ । प्रेस सेन्टरको यो महाधिवेशनबाट पहिलो पुस्ताका संस्थापक नेताहरु महेश्वर दाहाल, ओम शर्मा, गोविन्द आचार्य, खिलवहादुर भण्डारी, संगीता खड्का, बलराम थापा लगायत विदा भएका छन् ।

नेतृत्वमा भने युवा दाबेदार थपिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि गोविन्द देवकोटा, सचिन रोका, लक्ष्मी पुन, कमल गिरी, ओपेन्द्र शर्मा लगायतको दावी छ । महासचिवमा मोनज घर्तीमगर, त्रिभुवन पौडेल, ध्रुवविक्रम बुढाथोकी, दयानिधी भट्ट, बबिन शर्मा र रामकृष्ण अधिकारीले पनि दावी गरेका छन् ।