मधेशी समुदाय माथि अपमानजनक शब्द प्रहार गरे कडा कारवाही हुन्छ : मधेशी आयोग

मधेशी समुदाय माथि अपमानजनक शब्द प्रहार गरे कडा कारवाही हुन्छ : मधेशी आयोग

काठमाडौं, १८ मंसिर । मधेशी आयोगले मधेशी समुदाय माथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ ।

आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै विगत केही समय देखी मधेशी समुदायलाई लक्षित गरी काले, मदिसे, भैया, धोति जस्ता अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेको र त्यस्ता काम गर्ने जुनसुकै व्यक्ति वा संस्था माथि नेपालको प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही हुने जनाएको छ ।

सो प्रेस विज्ञप्तिमा आयोगले यस्ता अमानवीय, गैर(संबैधानिक तथा गैर(कानुनी कार्यले राष्ट्रिय एकतामा समेत असर पुर्याउन सक्ने बताएको छ । आयोगले मधेशी समुदायले नै मुख्यतः सिमा को रक्षा गरिरहेको, मधेशी समुदाय महत्वपूर्ण तथा गौरवशाली समुदाय रहे पनि समय समयमा यस्ता घटनाहरु बाट पीडित हुनुपर्ने कुरा प्रति चिन्ता व्यक्त गरेको छ ।

आयोगले आयोगका अध्यक्ष डा।विजयकुमार दत्त सहित आयोगका सदस्यहरु बाट यस्ता संवेदनशील घटनाहरु को अनुगमन हुने गरेको र सो घटना प्रति आयोगले तुरन्त सम्बन्धित निकायलाई यथाशिघ्र छानविन गरी दोषीलाई कडा कारवाही गर्न सिफारिस समेत गरिरहेको बताएको छ ।

आयोगको सिफारिस पश्चात सम्बन्धित निकायले सो घटनाहरु माथि छानविन गरेर दोषीलाई कानुनी दायरामा समेत ल्याएको बताएको छ ।  आयोगले यस्ता घटनाहरुको उजुरी आयोगमा विभिन्न माध्यमहरु बाट दिन समेत अनुरोध गरेको छ ्र