उच्च अदालत अस्थायी इजलाश वीरगन्जद्वारा लक्ष्यको ८२.३२ प्रतिशत मुद्दा फछ्यौंट 

उच्च अदालत अस्थायी इजलाश वीरगन्जद्वारा लक्ष्यको ८२.३२ प्रतिशत मुद्दा फछ्यौंट 

वीरगन्ज, १९ साउन । उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगञ्जले गत आर्थिक बर्षमा लक्ष्यको ८२.३२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत अस्थायी ईजलाश वीरगञ्ज र सञ्चारकर्मीहरुसँगको अन्तृक्रिया कार्यक्रममा गत आर्थिक बर्षमा कुल ६ हजार ९९ मुदाहरु अदालतमा परेको मध्ये ३ हजार २ सय २२ वटा मुदा मात्रै फछ्र्याैट हुन सकेको जानकारी गराइएको छ  ।

यो कुल मुद्दाहरुको फर्छयौटको ५२ दशमलव ८३ प्रतिशत मात्रै हो । अदालतमा दरबन्दी अनुसारको न्यायधीशहरुको अभावका कारणले मुद्दा फछ्र्याैट हुने संख्यामा कमी आएको कार्यक्रममा जानकारी गराईएको छ । अदालतमा १५ जना न्यायधीशहरुको दरबन्दी रहेकोमा हाल ७ जना मात्रै न्यायधीशहरु कार्यरत रहेकाले न्याय सम्पादनमा जनशक्ति अभावले ढिलो भएको जनाईएको छ ।

तीन आर्थिक बर्षको मुद्दाको लगत, पछ्यौंट र बाँकीको तुलनात्मक विवरण अनुसार ०७७÷७८ मा ४५.८३ प्रतिशत फछ्र्यौट भएको थियो । त्यस्तै अघिल्लो आर्थिक बर्ष २०७८÷७९ मा ४५.२५ प्रतिशत फछ्यौंट भएको थियो भने, गत आर्थिक बर्ष ०७९÷८० मा ५२.८३ प्रतिशत मुद्दा फछ्यौंट भएको हो ।

अदालतले मुद्दाहरुको बारेमा गरेको आदेशलाई कार्यान्वयन गराउनको लागि सञ्चारकर्मी र सञ्चार क्षेत्रको अहम भूमिका हुने गरेको अदालतका प्रमुख न्यायधिश अच्युत प्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले अदालतको आदेशलाई कार्यान्वयन गराउनको लागि देशको खबरपालिकाको रुपमा रहेको सञ्चारकर्मी र सञ्चार क्षेत्रले पनि आफनो भूमिका बुझेर सहीलाई सही र गलतलाई गलत भनेर लेख्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।