वैदेशिक रोजगार व्यवासायी संघमा प्रगतिशील पक्ष विजयी
वीरगन्ज, ७ माघ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मंच विजयी भएको छ ।
संघको अध्यक्षमा राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्षमा डिक बहदुर खत्री (कुमार) द्वितीय उपाध्यक्षमा सन्जु गुरुङ, तृतीय उपाध्यक्ष रोशन कटुवाल, महासचिव मेघनाथ भुर्तेल विजयी हुनुभएको छ ।
त्यस्तै सचिबमा कर्ण राज कटुवाल, कोषाध्यक्षमा सरिता घले र सदस्यहरुमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल(वैभव), देउमान नेम्वाङ (डि.एम. सुब्बा), आनन्द प्रसाद कोइराला विजयी हुनुभएको छ ।