१९२ को पीसीआर परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि
वीरगन्ज, १० जेठ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परीक्षणमा ४३ जना नायाँ कोरोना संक्रमित थपिएका छन् । पर्साबाट संकलन गरिएको १९२ स्वाबको नमूना पीसीआर परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
४३ जना मध्य १९ जना पर्साका, १२ जना बारा, २ जना रौतहट ९ जना सर्लाही र १ जना धनुषाका रहेको नारायणी अस्पतालाका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
यसअघि अस्तीराति गरिएको २८८ स्वाबको नमूना परीक्षणमा पार्सका ३४ जना सहित ५४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको अघिल्लो दिन राति २८८ जनाको परिक्षण गर्दा पर्साका ७५ जना सहित १०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।