पर्सामा आज भेरोसेल खोप लगाईदै 

पर्सामा आज भेरोसेल खोप लगाईदै 

वीरगन्ज, २० साउन । पर्सा जिल्लामा आज कोरोना विरुद्धको जोनसन खोप लगाईदै छ । आज साउन २० गते १२ हजार डोज  जोनसन एण्ड जोनसनको खोप लगाईने स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहलेले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सामा साउन २५ गतेसम्ममा ४२ हजार डोज खोप लगाउने तयारी छ ।

पछिल्लोपटक स्वास्थ्य मन्त्रालयले पठाएको जोन्सन् एण्ड जोन्सन् खोपको ३६ हजार ५ सय डोज मध्ये १२ हजार डोज खोप बचेकाले आज वीरगंज महानगरका ३२ वटै वडामा  र १३ वटा अन्य पालिकामा पनि यो खोप लगाउने कार्यक्रम तय भएको बताउनुभयो । वीरगंजको स्वास्थ्य कार्यालय पिपरा, बगही, नगवा, नारायणी अस्पताल, श्रीपुर स्वास्थ्य केन्द्रमा आज जोन्सन् एण्ड जोन्सन् खोप लगाइनेछ भने १३ वटा अन्य पालिकामा सुविधा अनुसार खोप लगाइनेछ ।

जोन्सन् एण्ड जोन्सन् खोप ४५ वर्ष माथिका सबैले लगाउन पाउनेछन् । यस्तै भोली र पर्सि भेरोसेल खोप १४ वटा पालिकाको वडाका स्वास्थ्य केन्द्रबाट लगाइने तयारी छ । भेरोसिल ५५ वर्षमाथिका सबैले लिन पाउनेछन् । स्वास्थ्य कार्यालय प्रमुख साहका अनुसार भेरोसेलको पर्सामा पहिलो चरणको दोश्रो डोज लिन ६०० जना मात्रै बाँकी छन् । ८ हजार १२ जनाले भेरोसेल लगाएका छन् ।