स्पर्श पल्टीस्प्यासिलिटी हस्पिटलले अब नन कोभिडको उपचार शुरु गर्ने

स्पर्श पल्टीस्प्यासिलिटी हस्पिटलले अब नन कोभिडको उपचार शुरु गर्ने

वीरगन्ज, २८ जेठ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा संचालनमा आएको स्पर्श पल्टिस्प्यासिलिटी अस्पताले अब ओपिडी सेवा शुरु गर्दै कोरोना बाहेकका बिरामीलाइ पनि उपचरा सेवा दिने भएको छ । वीरगन्जमा कोरोना संक्रमण उच्च भएको बेला संक्रमितलाई उपचार गरेर संचालनमा ल्याएको अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरेर अब कोरोना बाहेकका अन्य बिरामीको पनि उपचार गर्ने जानकारी दिएको हो ।

अस्पतालमै पत्रकार सम्मेलन गरेर अध्यक्ष डाक्टर महेश्वर कुर्मीले विभिन्न विशष्ट स्वास्थ्य उपचार सहितको सेवा दिने उद्देश्यले संचालनमा ल्याएको अस्पतालमा कोरोना संक्रमणको महामारीमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आग्रहमा कोरोना संक्रमितहरुको उपचार गरेर उदघाटन् गरिएको अस्पतालमा अब कोरोना संक्रमितको संख्या कम हुदै गएपछि अन्य बिरामीको समेत उपचार गर्न लागिएको जानकारी दिनुभयो ।

आउँदो आईतबारदेखि स्पतालले बहिरंग सेवा सहितको अन्य बिरामीको समेत उपचार गरिने पत्रकार सम्मेलनमा जनाएको छ ।  अस्पतालले कोरोना महामारीमा ६६ जना संक्रमितको उपचार गरेको र अब ४ जना संक्रमित अस्पतालमा रहेको ले ओपिडी सेवा सुचारु गर्ने भएको डा.कुर्मीले बताउनुभयो । यही वैशाख २६ गतेदेखि कोरोना महामारीकै बीच अस्पताल संचालनमा आएको थियो । उहाँका अनुसार अहिलेसम्म ६६ ६६ जना कोरोना संक्रमित भर्ना भएकोमा त्यसमध्य अत्यन्त जटिल अवस्थाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

अस्पतालले तत्कालको लागि २५ बेड संचालनको अनुमति लिएर संचालनमा ल्याएको छ । यस अस्पतालमा ८ जना विशेषज्ञ चिक्सिकहरुको टिमले उपचार गरि रहेको भन्दै अस्पतालले मेडिशिन, गाइनो, पिडिआ, अर्थो, ग्यास्ट्रो, पल्मो, सर्जरी र न्यूरो सर्जरीको सुविधा दिदै आएको जानकारी दिनुभयो । कोरोना महामारीकै बीचमा संचालनमा आएको अस्पतालले संक्रमितहरुको उपचारमा बढी पैसा लिएको भनेर आलोचना समेत भएको थियो । तर, अस्पतालले भने सरकारले तोकेको मूल्य भन्दा बढी शुल्क नलिएको दावी गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका प्रवन्ध निर्देशक डा। महेश्वर कुर्मी, डा। निमेश पाल रमन, डा। श्याम गुप्ता एवं डा। राजेश साह, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्रा, कार्यसमिति सदस्य नरेश सर्राफ, अजय चौरसिया लगायतको उपस्थिति रहेको थियो ।