सामूहिक लगानी कोष भनेको के हो ? यसमा लगानी गर्दा कति फाइदा हुन्छ ?
वीरगन्ज, ६ फागुन । नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष ९म्युचुअल फण्ड० अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि यस्ता योजनाहरूको संख्या बढिरहेको पाइन्छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष नियमावली २०६७ अनुसार सामूहिक लगानी कोष योजनालाई दुई किसिमको अवधारणामा व्याख्या गरिएको छ । एक बन्दमुखी योजना र अर्को खुलामुखी योजना । यी दुई योजनाहरूका आ(आफ्नै विशेषताहरू हुन्छन् ।
सुरुमा बन्दमुखी योजनाहरू मात्र सञ्चालनमा रहेकोमा योजना व्यवस्थापकको रूपमा सेवा प्रदान गर्दै आइरहेको संस्था एनआइबिएल एस क्यापिटल लिमिटेडले नेपालमै पहिलो पटक खुलामुखी योजना सञ्चालनमा ल्याएर आमलगानीकर्ताहरूलाई एउटा नयाँ किसिमको वित्तीय उपकरण प्रयोग गर्न सक्ने वातावरण प्रदान गरेको छ ।
सञ्चालनमा आएको पहिलो वर्ष नै यस योजनाका इकाई धनीहरूलाई राम्रो प्रतिफल दिएर आफूलाई नेपालको धितोपत्र बजारमा स्थापित गराउन सफल भएको योजनाको बारेमा हामी केही बताउँदैछौं ।
सामूहिक लगानी कोष
सामूहिक लगानी कोष भन्नाले समान वित्तीय उद्देश्य भएका स(साना लगानीकर्ताहरूबाट लगानीयोग्य रकम संकलन गरी ठूलो कोषको रूपमा सो रकमलाई दक्ष तथा अनुभवी व्यवस्थापकको प्रत्यक्ष निगरानीमा विभिन्न वित्तीय उपकरणहरू ९जस्तैः सेयर, डिभेन्चर, मुद्दती निक्षेप आदि० मा लगानी गरी लगानीकर्ताहरूलाई जोखिम न्यूनीकरण गर्दै समुचित प्रतिफल दिन सक्ने एक वित्तीय औजार भन्ने बुझिन्छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष नियमावली २०६७ को प्रावधानमा रहेअनुसार संगठित संस्थाले सर्वप्रथम सम्पूणर् प्रक्रिया पूरा गरिसकेपश्चात् सामूहिक लगानी कोष दर्ता गर्न सकिन्छ र यसअन्तर्गत विभिन्न म्युचुअल फण्ड योजनाहरू सञ्चालनको स्वीकृति लिई सञ्चालन गर्न सकिन्छ । यस्ता योजनाहरूलाई मुख्यतः दुई प्रकारमा विभाजन गर्ने गरिएको छ, एक बन्दमुखी योजना र अर्को खुलामुखी योजना ।
खुलामुखी योजना
विभिन्न प्रकारका सामूहिक लगानी कोष योजनाहरूमध्ये खुलामुखी योजना पनि एक हो । यस्ता प्रकारका योजनाहरू स्टक एक्सचेन्जमा सूचीकृत हँुदैनन् र यसका इकाईहरू दैनिक रूपमा निर्धारण हुने प्रतिइकाई खुद सम्पत्ति मूल्यमा लगानीकर्ताहरूले आफूले चाहेको समयमा इकाईहरू योजना व्यवस्थापक वा तोकिएको वितरकहरूमार्फत सजिलै रूपमा खरिदरबिक्री गर्न सक्ने व्यवस्था रहेको हुन्छ जसले गर्दा खरिदकर्तारबिक्रीकर्ता खोजिरहनुपर्ने झण्झटबाट लगानीकर्ता मुक्त हुन्छन् ।
यस्ता योजनाहरूको आकारसमेत थपघट भइरहने हुन्छ, जस्तो लगानीकर्ताहरूले इकाईहरू खरिद गरेमा योजनाको आकार बढेर ठूलो हुँदै जान्छ भने बिक्री गरेमा योजनाको आकार घटेर सानो हुँदै जान्छ । साथै, निश्चित समयावधिमा परिपक्क हुने नभई निरन्तर सञ्चालनमा रहिरहने हुन्छ ।
खुलामुखी र बन्दमुखीबीच भिन्नता
सामूहिक लगानी कोषअन्तर्गत रहने खुलामुखी र बन्दमुखी योजनाहरूका बीच केही फरक हुन्छन् । तिनीहरूको आ(आफ्नै विषेशताहरू रहेका हुन्छन् । बन्दमुखी योजनामा योजनाको आकार सुरुमा नै तय गरेर प्राथमिक बजारमा निष्कासन गरिएको हुन्छ । जस्तैः ७ वर्ष, १० वर्ष वा योजनाले निर्धारण गरे बमोजिमका लागि र सो अवधि नसकिएसम्म फण्डको आकार परिवर्तन हुँदैन । तर इकाई धनीहरू भने परिवर्तन भइरहेका हुन्छन् । तर, खुलामुखी योजनामा भने एकपटक प्राथमिक बजारमा निष्कासन गरिसकेपछि इकाईहरूको खरिद तथा बिक्रीको अनुपातमा योजनाको आकार पनि परिवर्तन हुने हुन्छ ।
बजार मूल्य
बन्दमुखी योजना स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार हुने हुँदा यसको बजारमूल्य बजारमा रहने माग र आपूर्तिको आधारमा हुन्छ भने खुलामुखी योजनाको हकमा भने योजनाको योजना व्यवस्थापकले दैनिक रूपमा गरिएको खुद मूल्यको गणनाको आधारमा कारोबार मूल्य निर्धारण हुने हुन्छ ।
खुलामुखी योजनाको परिपक्व हुने निश्चित समय बन्दमुखी योजना जस्तो निर्धारण गरिएको हुँदैन । बन्दमुखी योजना भने केही निर्धारित समयपश्चात स्वतः खारेज भएर जान्छ भने खुलामुखी योजना निरन्तर सञ्चालनमा रहने गर्छ ।
बन्दमुखी योजना स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार हुने हुँदा इकाईहरूका खरिदकर्ता वा बिक्रीकर्ता दोस्रो बजारमा नै निर्धारण हुने हुन्छ । तर यसको ठीक विपरीत खुलामुखी योजनामा भने योजना आफैँले खरिदकर्ता वा बिक्रीकर्ताको भूमिका निर्वाह गर्ने गर्छ जसले गर्दा इकाई धनीहरू खरिदकर्ता वा बिक्रीकर्ता खोजिरहनुपर्ने बाध्यताबाट यस्तो प्रकारको योजनामा मुक्त हुने गर्दैछन् ।
अनलाईनखबरबाट साभार...................