स्रोत नखुलेको नोट सहित एक भारतीय नागरिक पक्राउ, भन्सार छलीका सामानहरु पनि बरामद 

स्रोत नखुलेको नोट सहित एक भारतीय नागरिक पक्राउ, भन्सार छलीका सामानहरु पनि बरामद 

वीरगन्ज, २२ साउन । पर्सा प्रहरीले भारतीय नोट सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार राज्य जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा वर्ष ३४का लालु मियाँलाई १ लाख २४ हजार ६सय ६० भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलिले चेकजाँज गर्ने क्रममा भारततर्फबाट नेपाल तर्फ आउदै गरेको कालो रंगको सुपर स्पलेण्डर बिआर २२ एजे ३१९९ नम्बरको मेटरसाईकल रोकी चेकजाँच गर्दा उनको साथबाट विभिन्न दरको भारतिय रुपैया फेलापरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट ५ सय दरको नोट थान २ सय ४९, १ सय दरले नोट थान २ र २० रुपैया दरले नोट ३ गरी १ लाख २४ हजार ६सय ६० भारतीय रुपैया बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद भारतिय रुपैया सहित मियाँलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसअघि पर्सा प्रहरीले भन्सार छलीको ८ लाखको लत्ता कपडा तथा हार्डवेयरको पार्टपुर्जा समाग्री बरामद गरेको छ ।  वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले महानगरको लिंक रोड एरियामा सटर भाडामा लिएर अवैध मालसामान भण्डारण गरि राखेको विशेष सूचनाको आधारमा

छापा मारेर अवैध रुपमा भन्सार छलीका लता कपडा तथा हार्ड्वेयरको सामानहरु बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले जानकारी दिनुभयो ।

बरामद गरिएको समान ८ लाख मुल्य बराबरको रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । प्रहरीले बरामद गरेको अवैध लता कपडा तथा हार्ड्वेयरको सामानहरु आवश्यक कार्यवाहीका लागि बीरगंज भन्सारमा पठाईएको प्रहरीले जनाएको छ  ।