लोसपा पर्साको सम्पर्क कार्यालय संचालन
वीरगञ्ज ११ फागुन । वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, पर्साको कार्यालय सञ्चालनमा ल्याईएको छ । बुधबारदेखि विधिवत रुपमा सम्पर्क कार्यालय उदघाटन गरेर सञ्चालनमा ल्याईएको हो ।
रानीघाट स्थित गोकुलेश्वर भवनमा खोलिएको सम्पर्क कार्यालयको प्रमुख अतिथि मधेश प्रदेश संसद रमेश कुर्मीले उदघाटन गर्नुभयो । लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झाको अध्यक्षतामा विधिवत रुपमा पूजापाठ गरी झण्डोत्तोलन सहित कार्यालयको उदघाटन भयो ।
बुधबारदेखि पार्टीका कार्याकर्ता तथा आमनागरिकले सम्पर्क गर्न सहज हुने गरी कार्यालय सञ्चालन भएको लोसपा नगरकार्य समितिका अध्यक्ष ओमप्रकास सरार्फले बताउनुभयो । लोसपा पर्साका बरिष्ठ नेता तथा अधिवतm सुरेन्द्र कुर्मी, रम्भा मिश्र, लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।