वीरगन्जमा थप दुईजना काेराेना संक्रमितकाे मृत्युु

वीरगन्जमा थप दुईजना काेराेना संक्रमितकाे मृत्युु

वीरगन्ज, १५ बैशाख । काेराेना संक्रमणका कारण वीरगन्जमा थप दुईजनाको मृत्युु भएको छ ।  सर्लाहीका एक पुरूष बाराकी एक महिलाको काेराेना संक्काेरमणका कारण मृत्यु भएको हाे ।  सर्लाही-४ धनगढाका ४३ बर्षीय पुरूषकाे  बुधबार विहान १:४० मा मृत्युु भएको नारायणी अस्पतालका काेभिड संयाेजक डाक्टर सराेजराेशन दासले जानकारी दिनुभयाे ।

ती पुरूषलाइ मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियाे । त्यस्तै बाराकाे सुवर्ण गाउँपालिका वडा नम्बर ७ कि ३० बर्षीया महिलाको पनि काेराेना संक्रमणका कारण मृत्युु भएको छ । बैशाख १३ गते भर्ना गरिएको उनमा साेही दिन काेराेना पाेजेटिभ अाएकाे थियाे । उनकाे उपचारका क्रममा बुधबार राति १२:१५ बजे मृत्युु भएको डाक्टर दासले बताउनुभयाे ।