वीरगञ्ज युवा समाजले १ हजार पिस मास्क वितरण गर्‍यो

वीरगञ्ज युवा समाजले १ हजार पिस मास्क वितरण गर्‍यो

वीरगञ्ज, ६ कार्तिक । वीरगञ्ज युवा समाजले  विभिन्न सामाजिक संस्थाहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ । 

कोभिडको जोखिम अझै कायमै रहेकाले भिडभाडमा जाँदा मास्क लगाएर मात्रै जानु पर्छ भन्ने सन्देश दिन संस्थाले निशुल्क मास्क र स्यानिटाइजर वितरण गरेको संस्थाका अध्यक्ष कमल चौगाइले बताउनुभयो  । 

संस्थाले रानीघाटमा रहेको मानव सेवा आश्रम, आदर्शटोलमा रहेको आमाको माया छात्रावास र छपकैयांमा रहेको यतिम खानामा मास्क र स्यानिटाइजर वितरण गरेको हो । 

स्वास्थ्य सुरक्षा महत्वपूर्ण रहेकाले आवश्यक स्वास्थ्य सतर्कताको प्रारम्भिक चरण मास्क प्रयोग रहेकाले १ हजार भन्दा बढी मास्कका साथै ६ थान स्यानिटाइजर ती संस्थाहरुलाई उपलब्ध गराइएको संस्थाका दिवश सिंह ठकुरीले बताउनुभयो । 

मास्क तथा स्यानिटाइजर वितरण कार्यक्रममा संस्थाका सृष्टि विष्ट, सन्जिव थापा, रोशन गुप्ता, आदित्य चौगाईं, सुशील श्रेष्ठ, अमितकुमार गुप्ता, संचारकर्मी नवराज फुयाँल, अजित भुजेल लगायतको सहभागिता रहेको थियो ।