मन्त्रीबाट हटेपछि जितेन्द्र सोनल सुटकेश र झोला मात्रै लिएर बाहिरिनुभयो
वीरगन्ज, २४ जेठ । प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट हटेपछि जनता समाजवादी पार्टीका प्रभावशाली नेता जितेन्द्र सोनलले मन्त्री निवास छोड्नु भएको छ । आईतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितेन्द्र सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गर्नुभएको थियो । सोन सहित अन्य तीनजना राज्यमन्त्रीलाई पनि मुख्यमन्त्री राउतले पदमुक्त गर्नुभएको थियो ।
जनता समाजवादी पार्टीको महन्थ, राजेन्द्रपक्षसँगको विवादपछि अध्यक्ष उपेन्द्र यादव जनकपुर आएर आफ्नो बहुमतको सरकारका चारजना मन्त्रीलाई बर्खास्त गरी नयाँ राजनीतिक समिकरणको खेलमा लाग्नु भएको छ । मुख्यमन्त्रीको दावेदार समेत रहेका सोनल सत्ता समिकरण फेरबदल पछि भने सत्ताबाट बाहिरिनु भएको छ । उहाँ सरकारी
निवास छोडेपछि अहिले जनकपुरधामकै सिटी स्टार होटलमा बसेर राजनीतिक कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिनुभयो । मन्त्री निवासबाट बाहिरिएपछि उहाँ मोटरसाईकलमा होटलसम्म जानुभएको थियो ।