कर्णालीमा सरकारको नेतृत्व फेरिँदै, मुख्यमन्त्री शाहीले राजिनामा दिदै 

कर्णालीमा सरकारको नेतृत्व फेरिँदै, मुख्यमन्त्री शाहीले राजिनामा दिदै 

वीरगन्ज, १५ कार्तिक । पाँच राजनीतिक दलका गठबन्धन सरकारको प्रदेश सरकारमा पनि फेरबेदल हुने भएको छ । पूर्व सहमति अनुसार कर्णाली प्रदेशमा पनि नेपाली कांग्रेसले नेतृत्व गर्ने पालो आएकोले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनु हुने भएको छ ।  

पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको हो । आज बेलुकासम्म राजीनामा आउँने कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।

गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ ।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले भने केन्द्रीय गठबन्धनबाट राजीनामा दिन निर्देशन आइनसकेका कारण सोमबार नै राजीनामा दिने वा नदिने भन्ने यकिन नभएको बताउनुभयो ।