प्रदेश २ मा ३१ गते शुक्रबार सार्वजनिक विदा 

प्रदेश २ मा ३१ गते शुक्रबार सार्वजनिक विदा 

वीरगन्ज, ३० बैशाख । प्रदेश २ सरकारले बैशाख ३१ गते सार्वजनिक विदा दिएको छ । मुस्लीम समुदायको पवित्र पर्व रामजान (इद–उल–फित्र) को अवसरमार प्रदेशभरी सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले शुभकामा सन्देश जारी गर्दै मुस्लीम समुदायको पर्वले सम्पूर्ण नेपालीहरुमा भाईचारको सम्बन्ध कायम रहोस र सुख र शान्तिको अभिवृद्धि होस भन्ने कामना गर्नुभएको छ ।

साथै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीको कारण अन्य पर्व जस्तै यो पर्व पनि हर्षोल्लासका साथ मनाउने अवस्था नरहेको हुँदा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी पर्व मनाउन सबै मुस्लीम समुदायलाई अग्रह समेत गर्नुभएको छ ।