वीरगन्जको मीनाबजारमा क्यूआरकोड बाटै तरकारी किन्न पाईने 

वीरगन्जको मीनाबजारमा क्यूआरकोड बाटै तरकारी किन्न पाईने 
क्यूआर कोड वितरण गर्दै प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी

वीरगन्ज, ११ चैत । वीरगन्जको मीनाबजारमा अब क्यूआर कोड मार्फत पनि तरकारी खरिद गर्न पाईने भएको छ । माछापुच्छे बैंकले आजदेखि मीनाबजारमा डिजिटल प्रविधि मार्फत कारोबारका लागि फलफूल तरकारी ब्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले क्युआर कोड वितरण गर्नुभएको हो। नगरप्रमुख सरावगी आफैले पहिलो ग्राहक बनेर क्युआर कोड प्रयोग गरि सामान खरिद गरी क्यूआर कोडको उदघाटन गर्नु भयो ।

उहाँले सूचना प्रविधिको विकासलाई सही ढंगबाट प्रयोग गर्न सके समय र सुरक्षा दुवैमा फाईदा हुने बताउनुभयो । वीरगन्जकोा तरकारी तथा फलपूmल बजारको मुख्य केन्द्र मीना बजारमा नगद रहित कारोबार गर्नका लागि क्यूआर कोडको माध्यमबाट कारोबार गर्ने सुविधा उपलब्ध गराएको माछापुच्छे« बैंकले जनाएको छ ।