केमसन र अहमदिया संघद्वारा सर्वत वितरण
वीरगंज, ३१ जेठ । अत्यधिक बढेको गर्मीमा वीरगन्जका दुईवटा संस्थाले सर्वसाधारणलाई सर्वत वितरण गरेको छ । रासायन तथा मेडिकल आपूर्ति संघ (कमशन) नेपाल र अहमदिया संघ नेपालले सर्वत वितरण गरेका हुन् ।
प्रचण्ड गर्मीले प्रभावित सडक बाटोमा हिड्ने सर्वसाधारणलाई सर्वत वितरण गरिएको केमशन नेपालका अध्यक्ष सकेत भंगरले बताउनुभयो । केमशन नेपालले वीरगन्जको एड्भान्स मेडिकेयर (एमसी) अस्पताल अगाडि तीन हजार भन्दा बढीलाई सर्वत वितरण गरेको भंगरले बताउनुभयो ।
त्यस्तै अहमदिया संघ नेपालले पनि वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौं र १९ विन्दवासिनीसंग जोडिएको तिलावे पुलमा चिसो पानी तथा सर्बत वितरण गरेको छ ।
तिलावे पुलमा बटुवा, यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क पानी सर्बत वितरण गरिएको हो । गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर करिब २१०० जनालाई निःशुल्क सर्बत र चिसो पानी वितरण गरिएको अहमदिया संघ नेपाल बारा, पर्सा इन्चार्ज हासिन अहमदले बताउनुभयो ।
कार्यक्रममा अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष सलिम अहमद लगायत संघका सदस्यहरूको सहभागिता रहेको थियो ।