भोली बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न महानगरको अनुरोध 

भोली बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न महानगरको अनुरोध 

वीरगन्ज, २ असार । वीरगन्ज महानगरपालिकाले असार ३ गते बिहान ६ बजेदेखि सबै सामुदायि कर संस्थागत विद्यालयहरु सञ्चालन गर्न अनुरोध गरेको छ । महानगरपालिकाले विद्यालयहरुमा गर्मी विदा थप गरेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गर्मी विदा थप गरेको भन्ने सूचना गलत रहेको जनाएको छ ।

वीरगन्ज महानगरपालिकाले गर्मी विदा असार ७ गतेसम्मका लागि थप गरिएको भन्ने सूचना बिहानै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना गलत रहेको र त्यस्तो कुनै निर्णय नभएको जनाएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको आधिकारिक पेजमा असार ३ गतेबाट पूर्व सूचना अनुसार बिहान ६ बजे देखि विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ । भ्रम फैलाउने खालको सूचना सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुको पहिचान भईरहेकोले भ्रममा नपर्न अभिभावकहरुलाई आग्रह गरेको छ ।

साथै कसैको व्यक्तिगत पोष्टमा राखेको पत्र भन्दा शैक्षिक प्रशासन महाशाखाको पेज वा बिरगंज महानगरपालिकाको वेबसाईटमा राखेको पत्र मात्र आधिकारिक रहेको जनाएको छ ।