समाजसेवी खेतान हरिखेतान क्याम्पसको सल्लाहाकारमा नियुक्त
वीरगञ्ज, १२ भदौ । सामुदायिक सेवा केन्द्रबाट समाजसेवामा क्रियाशील वीरगन्जका युवा जय प्रकाश खेतान वीरगन्जको सामुदायिक क्याम्पसको संचालक समितिमा नियुक्त हुनुभएको छ ।
शिक्षा क्षेत्रमा अग्रपंक्तिमा रहेको हरिखेतान बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्यमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान कलेजको सञ्चालक समितिको सलाहकारमा नियुक्त हुनुभएको हो ।
युवा समाजसेवी खेतान यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि जनसेवाश्री पदकबाट विभूषित हुनुका साथै विभिन्न क्षेत्रबाट सुम्मान पाउनुभएको छ । नेपालका प्रतिष्ठित औद्योगिक परिवारको योगदानमा स्थापित हरिखेता बहुमुखी क्याम्पसको सल्लाहाकारमा खेतानको नियुक्तिले सामाजिक सेवामा लागेका युवाहरु उत्साहित भएका छन् ।
हरिखेतान क्याम्पस सामुदायिक क्याम्पस हो की निजी क्याम्पस हो भन्ने विषयमा लामो समयदेखि विवाद चल्दै आएको छ ।